नेपाल राष्ट्र बैंकका नव नियुक्त गभर्नर डा. विश्वनाथ पौडेललाई नेपाल बैंकर्स संघका कार्यकारिणी समितिका पदाधिकारीहरूले शिष्टाचार भेट गर्दै बधाई तथा शुभकामना प्रदान गरेका छन्।
संघका पदाधिकारीहरूले गभर्नर पौडेलको कार्यकाल सफल होस् भन्ने शुभेच्छा व्यक्त गर्दै बैंकिङ क्षेत्रलाई अझ सुदृढ, सुरक्षित र प्रभावकारी बनाउन राष्ट्र बैंकबाट निरन्तर सहकार्यको अपेक्षा रहेको बताए। उनीहरूले नियामक संस्थाको मार्गदर्शनमा निजी तथा सार्वजनिक बैंकहरूको भूमिका अझ प्रभावकारी बनाउन सकिने विश्वास व्यक्त गरे।
गभर्नर डा. विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्थाहरूले देशको समष्टिगत आर्थिक वृद्धिमा पु¥याएको योगदानको प्रशंसा गर्दै भने,
"वर्तमान चुनौतीहरूको समाधान गर्न सबै सरोकारवाला एकजुट भएर अघि बढ्नुको विकल्प छैन।"
उनले राष्ट्र बैंक र बैंकिङ क्षेत्रबीच संवाद, सहकार्य र विश्वासको सम्बन्ध अझ सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता पनि जनाए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस