Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंक कर्मचारी संघद्वारा १६ औं स्थापना दिवसमा समर्पित कर्मचारीहरू सम्मानित

अर्थ संसार

सोमबार, १२ जेठ २०८२, ०७ : ५० मा प्रकाशित

एनआईसी एशिया बैंक कर्मचारी संघद्वारा १६ औं स्थापना दिवसमा समर्पित कर्मचारीहरू सम्मानित

एन आई सी एशिया बैंक कर्मचारी संघ (ANICABS) ले आफ्नो १६ औं स्थापना दिवसको अवसरमा संस्थामा १० वर्ष वा सोभन्दा बढी समय समर्पित रुपमा सेवा पुर्याएका कर्मचारीहरूलाई सम्मान गरेको छ।

संघले सप्ताहव्यापी कार्यक्रमअन्तर्गत विभिन्न प्रदेशहरूमा विशेष सम्मान समारोह आयोजना गर्दै कर्मचारीहरूको योगदानप्रति कृतज्ञता प्रकट गरेको हो। कर्मचारीहरूको निरन्तर सेवा, प्रतिबद्धता र निष्ठाले बैंकको समग्र प्रगति र सफलता हासिल गर्न महत्वपूर्ण भूमिका खेलेको संघले जनाएको छ।

हालसम्म कोशी, मधेश, बागमती र गण्डकी प्रदेशहरूमा सम्मान कार्यक्रम सम्पन्न भइसकेका छन् भने, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूमा पनि आगामी दिनहरूमा यस्ता कार्यक्रमहरू आयोजना गरिनेछन्।

कार्यक्रममार्फत लामो समयदेखि निरन्तर सेवा गर्दै आएका कर्मचारीहरूको योगदानलाई औपचारिक रूपमा सम्मान गरिनुका साथै, अन्य कर्मचारीहरूलाई पनि प्रेरणा मिल्ने विश्वास गरिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको