अर्थ संसार, काठमाडौँ– वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा उतारचढाव आए पनि विप्रेषण आप्रवाह निरन्तर घटिरहेको तथ्यांकले देखाएको छ ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पाँच महिनाको तथ्यांकमा आधारित भएर आज सार्वजनिक गरेको मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी विवरणमा विप्रेषण आप्रवाह ०।८ प्रतिशतले घटेको उल्लेख छ ।
सबैभन्दा धेरै नेपाली मलेसिया गएका तथा साउदी अरेबियामा र कतार जाने श्रमिक पनि उल्लेख्यरुपमा घटेका केन्द्रीय बैंकले जनाएको छ ।
अघिल्लो वर्षको पाँच महिनाको अवधिमा रु तीन अर्ब ४९ करोड बचतमा रहेको चालु खाता समीक्षा अवधिमा रु ४० अर्ब ९५ करोडले घाटामा रहेको छ ।
त्यसैगरी, अघिल्लो वर्षको सोही अवधिमा रु २८ अर्ब ७८ करोडले बचतमा रहेको समग्र शोधनान्तर समीक्षा अवधिमा रु नौ अर्ब २७ करोडले घाटामा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस