Like us!
Follow us!
Connect us!
Watch us!

भन्सार कार्यालयका प्रमुखमाथि कुटपिट गरेको आरोपमा नगर प्रहरी निरीक्षकसहित ४ जना पक्राउ

अर्थ संसार

सोमबार, १२ जेठ २०८२, १४ : ३७ मा प्रकाशित

भन्सार कार्यालयका प्रमुखमाथि कुटपिट गरेको आरोपमा नगर प्रहरी निरीक्षकसहित ४ जना पक्राउ

कैलाली भन्सार कार्यालयका प्रमुख अनन्त तिमिल्सिनामाथि कुटपिट गरेको आरोपमा नगर प्रहरी निरीक्षक लक्ष्मणसिंह धामीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिकाका नगर प्रहरी निरीक्षक धामी, उनका चालक हसनबहादुर मल्ल, प्रहरी जवान जितेन्द्रसिंह धामी र हवल्दार मणिदत्त भट्ट रहेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार प्रमुख तिमिल्सिनाले दिएको किटानी जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।

शनिबार राति भन्सार कार्यालय भित्रै प्रवेश गरी प्रमुख तिमिल्सिनामाथि कुटपिट गरेको घटना सीसीटीभी फुटेजमा कैद भएको छ।

धामीलाई झलारीबाट र अन्य तीन जनालाई धनगढीबाट सोमबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरू अहिले प्रहरी हिरासतमा राखिएका छन् र घटनाको थप अनुसन्धान जारी छ।

यसैबीच, धनगढी उपमहानगरपालिकाले नगर प्रहरी निरीक्षक धामीलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न भनेको छ र अनुशासनात्मक कारबाही प्रक्रिया पनि सुरु गरिएको छ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको