Like us!
Follow us!
Connect us!
Watch us!

सुन्दर प्लाइउडका सञ्चालकविरुद्ध एक करोड बिगो दाबीसहित मुद्दा दर्ता

अर्थ संसार

विहीबार, १५ जेठ २०८२, १२ : ३७ मा प्रकाशित

सुन्दर प्लाइउडका सञ्चालकविरुद्ध एक करोड बिगो दाबीसहित मुद्दा दर्ता

राजस्व अनुसन्धान विभागले सुन्दर प्लाइउड सेन्टरका सञ्चालक आकाश अग्रहरीविरुद्ध राजस्व छली र चोरी पैठारी अभियोगमा मुद्दा दायर गरेको छ।

राजस्व अनुसन्धान कार्यालय बुटवलमार्फत उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा दायर गरिएको उक्त मुद्दामा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २०(६) अनुसार अग्रहरीलाई कारबाही गर्न माग गरिएको छ।

सिद्धार्थनगर नगरपालिका–८ लुम्बिनी गेटस्थित सुन्दर प्लाइउड सेन्टर सञ्चालन गर्दै आएका अग्रहरीले उक्त ऐनको दफा ३ ले निषेध गरेको कार्य गरी, दफा ४ को खण्ड ‘क’, ‘ख’, ‘छ’ र ‘झ’ अनुसार कसूर गरेको ठहर गरिएको विभागले जनाएको छ।

विभागका अनुसार अग्रहरीको भन्सार चोरी पैठारीबाट तीन लाख २५ हजार ८०७ रुपैयाँ, मूल्य अभिवृद्धि करमा १५ लाख ६९ हजार २३६ रुपैयाँ, र आय करतर्फ ३१ लाख ८० हजार ३२५ रुपैयाँ गरी कुल ५३ लाख २७ हजार ६८६ रुपैयाँको राजस्व छली भएको देखिएको छ।  बिगो असुल उपर गर्दै सो बराबरको १०० प्रतिशत जरिवाना थप गरी कुल एक करोड ६ लाख ५५ हजार २९२ रुपैयाँ असुल गर्न माग गरिएको छ। साथै, राजस्व ऐनको दफा २३(१)(ख) अनुसार कैद सजायसमेत माग गर्दै मुद्दा दायर गरिएको हो।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको