पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमका अनुसार पेट्रोलमा २ र डिजेल र मट्टितेलमा भने १ रुपैयाँले मूल्य वृद्धि भएको हो ।
वृद्धि भएको मूल्य शनिबार राति १२ बजेदेखि लागू हुने छ।
नयाँ मूल्यअनुसार काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १५९ रुपैयाँ पुगेको छ। सुर्खेत र दाङमा १५८ रुपैयाँ कायम गरिएको छ भने चारआली, विराटनगर, अमलेखगञ्ज, जनकपुर, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य १५६ रुपैयाँ ५० पैसा रहेको छ।
डिजेल र मट्टितेलको मूल्य पनि भौगोलिक क्षेत्रअनुसार फरक पारिएको छ। काठमाडौं, पोखरा र दिपायलमा यी इन्धनको मूल्य प्रतिलिटर १४३ रुपैयाँ, सुर्खेत र दाङमा १४२ रुपैयाँ तथा अन्य क्षेत्रहरूमा १४० रुपैयाँ ५० पैसा कायम गरिएको निगमले जनाएको छ।
यद्यपि हवाइ इन्धनको मूल्यमा भने घटाइएको छ। निगमका अनुसार आन्तरिक उडानका लागि प्रयोग हुने हवाइ इन्धनमा प्रतिलिटर ३ रुपैयाँले मूल्य घटाइएको छ भने अन्तर्राष्ट्रिय उडानतर्फ प्रति किलो लिटर २२ अमेरिकी डलरले मूल्य घटाइएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस