Like us!
Follow us!
Connect us!
Watch us!

हिमानी ट्रष्टद्वारा आयोजित दीप प्रज्वलन आज साँझ कमलादीमा, समय यथावत्

अर्थ संसार

सोमबार, १९ जेठ २०८२, ०८ : ४६ मा प्रकाशित

हिमानी ट्रष्टद्वारा आयोजित दीप प्रज्वलन आज साँझ कमलादीमा, समय यथावत्

हिमानी ट्रष्टको सहकार्यमा राष्ट्रिय सरोकार मञ्चले दिवङ्गत राजपरिवारका सदस्यहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्न आयोजना गर्न लागेको दीप प्रज्वलन कार्यक्रम आज साँझ हुने भएको छ। कार्यक्रम साँझ ६:३० बजे कमलादीस्थित गणेश स्थानमा आयोजना गरिनेछ।

यसअघि कार्यक्रम नारायणहिटी दरबार संग्राहलयको गेट बाहिर श्री चतुर्ब्यूह नारायण धाम मन्दिर परिसरमा गर्ने तयारी गरिएको थियो। तर, गृहमन्त्रालयले नारायणहिटी क्षेत्र वरपर निषेधाज्ञा जारी गरेपछि आयोजकले कार्यक्रम स्थल परिवर्तन गरेको हो।

हिमानी ट्रष्टले एक विज्ञप्ति जारी गर्दै भनिएको छ, "नारायणहिटी वरपर गृहमन्त्रालयको निषेधाज्ञा लागू भएकाले, अनुमति नपाएपछि हामीले कार्यक्रम स्थल परिवर्तन गरेर आज कमलादी गणेश स्थानमा दीप प्रज्वलन गर्ने निर्णय गरेका छौँ।"

कार्यक्रम दिवङ्गत राजा वीरेन्द्र, रानी ऐश्वर्या, र राजपरिवारका अन्य सदस्यहरूलाई श्रद्धासुमन अर्पण गर्न गरिएको हो। आयोजकले शान्तिपूर्ण र मर्यादित सहभागिताको आग्रह गरेका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको