Like us!
Follow us!
Connect us!
Watch us!

सेयर कारोबारमा कडाई, केवाइसी नभई नहुने

मंगलबार, ०९ माघ २०७४, १२ : ४८ मा प्रकाशित

सेयर कारोबारमा कडाई, केवाइसी नभई नहुने

अर्थ संसार, काठमाडौँ –  नेपाल धितोपत्र बोर्डले सेयर कारोबारमा केवाईसी विवरण उपलब्ध गराउनुपर्ने नियम कडाईका साथ लागू गर्ने भएको छ ।

ग्राहक विवरणमा थप कडाई गरेको बोर्डले जनाएको छ । सेयर बजारमा कालोधन भित्रिएको प्रमाण फेला परेपछि बोर्डले केवाइसीमा कडाई गरेको जनाएको छ ।

 केहि दिनअघि मात्रै सम्पति शुद्धिकरणको पैसा सेयर बजारमा लगानी भएको फेला परेको थियो । हालसम्म धितोपत्र कारोवार गर्दा सिमित रुपमा मात्र ग्राहक विवरण भर्नु पर्ने व्यवस्था थियो ।

तर अब भने कारोबारीले परिवारका सदस्यहरुको विवरण, पेशागत विवरण, वसोवास गर्ने स्थानको नक्शा, इन्भेष्टमेन्ट कम्पनीमा संग्लन भए नभएको विवरण धितोपत्र खरिदका लागि प्रयोग गर्ने रकम सम्पत्ति शुद्धिकरण सम्बन्धी प्रचलित कानुन विपरित आर्जन नगरेको सार्वजनिक गर्नुपर्ने बोर्डको सूचनामा उल्लेख छ ।

त्यस्तै, कम्पनीरसंस्थाको हकमा दर्ता सम्वन्धी विस्तृत विवरण तथा कम्पनी संस्थाको पहिलो तथा दोस्रो सम्पर्क व्यक्तिको तिन पुस्ते विवरण भर्नुपर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको