Like us!
Follow us!
Connect us!
Watch us!

नवलपरासीमा कैदी छुटाइदिने भन्दै २ लाख घुस लिएको आरोपमा अदालतका दुई कर्मचारीमाथि भ्रष्टाचार मुद्दा दायर

अर्थ संसार

विहीबार, २२ जेठ २०८२, १४ : ४३ मा प्रकाशित

नवलपरासीमा कैदी छुटाइदिने भन्दै २ लाख घुस लिएको आरोपमा अदालतका दुई कर्मचारीमाथि भ्रष्टाचार मुद्दा दायर

नवलपरासी जिल्ला अदालतका दुई कर्मचारीमाथि भ्रष्टाचारको आरोप लगाउँदै अदालतमा मुद्दा दायर गरिएको छ।

लागुऔषध मुद्दामा पुर्पक्षका लागि जिल्ला कारागार नवलपरासी (पश्चिम) मा थुनिएका एक कैदीलाई सेटिङ मिलाएर जेलबाट छुटाइदिने भन्दै २ लाख रुपैयाँ घुस लिएको आरोपमा अदालतका कम्प्युटर अपरेटर राम लखन बनिया पक्राउ परेका थिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई पक्राउ गरी अनुसन्धान गर्दा, यस काण्डमा उच्च अदालत तुलसीपुर बुटवल इजलासका तामेलदार अर्जुन पन्थी पनि संलग्न रहेको खुलेको छ।

दुवै जनाले मिलेर कारागारमा रहेका कैदीलाई उच्च अदालतमा पुनरावेदन गर्दा उपयुक्त आदेश दिलाइ जेलबाट छुटाइदिने वाचा गरेर घुस मागेको अनुसन्धानमा पुष्टि भएको छ।

अख्तियारले बनिया र पन्थीलाई २ लाख रुपैयाँ बिगो कायम गरी १ देखि २ वर्षसम्म कैद, बिगो जफत र जरिवानासहित बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको