Like us!
Follow us!
Connect us!
Watch us!

संकटग्रस्त सहकारी व्यवस्थापनका लागि समिति गठन

मंगलबार, ०९ माघ २०७४, १५ : ३६ मा प्रकाशित

संकटग्रस्त सहकारी व्यवस्थापनका लागि समिति गठन

अर्थ संसार, काठमाडौँ– सहकारी तथा गरिबी निवारण मन्त्रालयले गौरीबहादुर कार्कीको अध्यक्षतामा समस्याग्रस्त ओरेन्टल कोअपरेटिभ लिमिटेडको व्यवस्थापन गर्न सात सदस्यीय व्यवस्थापन समिति गठन गरेको छ ।

सो सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीसम्बन्धी कार्य गर्नका लागि गठित उक्त समितिका सदस्यमा काशीनाथ मरासिनी, राष्ट्रिय सहकारी महासंघले तोकेको सञ्चालक प्रतिनिधि, गोविन्दबहादुर मल्ल, दीपकप्रसाद पौडेल, हुमाकान्त पन्थी र रेवतीरमण पोखरेल हुनुहुन्छ ।

मन्त्रालयका प्रवक्ता रघुराम विष्टले समस्यग्रस्त सहकारीको व्यवस्थापन हेर्ने र निक्षेपकर्ताका रकम फिर्ता गर्नका लागि वातावरण बनाउन समिति गठन गरिएको जानकारी दिनुभयो । गत मंसिर २८ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार मन्त्रालयले गठन गरेको समितिको कार्यकाल दुई वर्षको हुनेछ ।

यो पनि पढ्नुहोस्

सेयर लगानीकर्ताले लगानी गर्दा ध्यान दिनुपर्ने कुराहरु

सेयर कारोबारमा कडाई, केवाइसी नभई नहुने

नेप्से र कारोबार दुवैमा गिरावट

दुई कम्पनीको सेयर मूल्य समायोजन, कुनको कति ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको