Like us!
Follow us!
Connect us!
Watch us!

रोनाल्डोले क्लब विश्वकप नखेल्ने

अर्थ संसार

आइतबार, २५ जेठ २०८२, ०७ : २८ मा प्रकाशित

रोनाल्डोले क्लब विश्वकप नखेल्ने

साउदी क्लब अल–नासरका फरवार्ड क्रिस्टियानो रोनाल्डोले संयुक्त राज्य अमेरिकामा हुने क्लब विश्वकप खेल्ने आफ्नो योजना नभएको बताएका छन् । ४० वर्षीय रोनाल्डो आबद्द अल– नासर ३२ टिममा विस्तार गरिएको प्रतियोगितामा सहभागी हुनेछैन । उनले पनि यसअघि नै अल–नासर छाड्ने संकेत गरिसकेका छन् ।

रोनाल्डोले आफ्नो टोलीको सिजनको अन्तिम खेलपछि सामाजिक सञ्जालमा लेखेका थिए, ‘यो अध्याय सकियो । कथा? अझै लेखिँदै छ ।’ त्यसयता उनको भविष्यबारे अड्कलबाजी चुलिएको थियो । फुटबलको सर्वोच्च निकाय फिफा अध्यक्ष जियानी इन्फान्टिनोले अल–नासर क्लब विश्वकप खेल्न अयोग्य भए पनि रोनाल्डोलाई अन्य ३२ क्लबबाट खेलाउन छलफल भइरहेको बताएका थिए ।

अल–नासरका खेलकुद निर्देशक फर्नान्डो हिएरो गत महिनादेखि नै रोनाल्डोसँग नयाँ सम्झौता गर्न वार्ता गरिरहेका छन् । तर, पाँच पटकको बालोन डि’ओर विजेतालाई अनुबन्ध गर्न धेरै क्लबले इच्छा व्यक्त गरिरहेको उनले दाबी गरेका थिए ।

यस महिनाको अन्त्यमा हुने क्लब विश्वकप खेल्न अर्को क्लबमा जाने सम्भावनाबारे उनलाई प्रश्न सोधिएको थियो । उनले भने, ‘यो अप्रासंगिक कुरा हो । अहिले राष्ट्रिय टोलीबाहेक अरू कुरा गर्न कुनै अर्थ छैन । धेरै क्लबहरूबाट प्रस्ताव आएको छ । केही कुरा सान्दर्भिक छन्, केही छैनन् । सबै क्लबमा जान सकिँदैन ।

उनले छोटो, मध्यम र दीर्घकालीन सोच राखेर निर्णय लिने बताए । त्यसैले आफ्नोतर्फबाट क्लब विश्वकप नखेल्ने पक्का गरिसकेको उनको भनाइ छ । ‘म क्लब विश्वकपमा जाँदिन भन्ने कुरा मेरो तर्फबाट तय भइसकेको छ। यद्यपि धेरै खेल्न बोलाइरहेका छन्,’ उनले भने ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको