नेपाली शेयर बजारमा नयाँ सोच, अनुशासन र व्यवहारिक ज्ञानको अभाव समाधान गर्ने उद्देश्यले SMART (Stock Market Analysis & Research Team) ले SMART 21-Days Challenge – Season 2 कार्यक्रम घोषणा गरेको छ। यो पूर्ण रूपमा नि:शुल्क अनलाइन तालिम कार्यक्रम २०८२ सालको असार १७ गते, मंगलबार (July 1st, 2025) साँझ ५ बजेदेखि सुरु हुनेछ।
पहिलो संस्करण अत्यन्तै सफल भएपछि SMART ले दोस्रो संस्करणमार्फत अझ गहिरो र प्रभावशाली रूपान्तरण ल्याउने दाबी गरेको छ। यो २१ दिने तालिमले सहभागीहरूलाई ट्रेडिङमा सफल हुने व्यवहारिक सीप, Tested Strategies, र मानसिक अनुशासन सिकाउनेछ। कार्यक्रम हरेक दिन साँझ ५ बजेदेखि ६ बजेसम्म Zoom जस्ता अनलाइन माध्यममार्फत सञ्चालन गरिनेछ।
SMART Team को भनाइ अनुसार यो केवल तालिम होइन, एउटा गहिरो मानसिक परिवर्तनको यात्रा हो। नेपालमा हाल स्पष्ट ट्रेडिङ शिक्षाको अभाव, मनोगत निर्णयमा निर्भरता, र अनुशासनको कमी देखिएको छ। SMART Challenge ले यिनै कमजोरी हटाउँदै सहभागीहरूलाई दीर्घकालीन रूपमा सक्षम बनाउने उद्देश्य राखेको छ।
दर्ता गर्न चाहने इच्छुक व्यक्तिहरूले असार ८ गते आइतबारसम्म अनलाइन फारम भरिसक्नुपर्नेछ। फारम लिंक: https://forms.gle/XAcR8tEb8m8nVTvP6 । आयोजकको भनाइमा यो कार्यक्रमले नेपाली ट्रेडरहरूलाई केवल चार्ट हेर्ने सीप होइन, सही सोच, जोखिम व्यवस्थापन र सही रणनीतिमा आधारित दीर्घकालीन सफलता दिलाउनेछ।
SMART Team को मूल मन्त्र “Right Strategy + Right Mindset = Real Success” भन्ने रहेको छ। प्रशिक्षकहरू अनुभवी र प्रमाणित ट्रेडरहरू हुने र प्रशिक्षणमा थ्योरी मात्र होइन, व्यवहारिक अभ्यास र रियल मार्केट साइकोलोजीमा आधारित प्रशिक्षण प्रदान गरिने SMART ले जनाएको छ।
सिट संख्या सीमित रहेकोले आयोजकले तुरुन्तै दर्ता गर्न आग्रह गरेका छन्। SMART Team ले यो तालिम सहभागीको ट्रेडिङ यात्रा मात्र होइन, जीवनशैली नै परिवर्तन गर्न सक्ने Turning Point बन्न सक्ने विश्वास लिएको छ।
थप जानकारीका लागि इच्छुक व्यक्तिहरूले ९८१५०९८७१० वा ९८४११६६३११ मा सम्पर्क गर्न सक्नेछन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस