Like us!
Follow us!
Connect us!
Watch us!

आईसीसी क्रिकेट विश्वकप लिग २– जितलाई निरन्तर्ता दिने नेपाल र बदला लिने दाउमा स्कटल्याण्ड

अर्थ संसार

आइतबार, २५ जेठ २०८२, १६ : १५ मा प्रकाशित

आईसीसी क्रिकेट विश्वकप लिग २– जितलाई निरन्तर्ता दिने नेपाल र बदला लिने दाउमा स्कटल्याण्ड

आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत आज नेपालले घरेलु टोलि स्कटल्याण्डको सामना गर्दै छ । जारी सिरिजमा खेलका दुई खेलमा नै जित निकालेको नेपाली टोलि र घरेलु मैदानको फाइदामा रहेन स्कटल्याण्ड विरुद्धको खेल नेपाली समय अनुसार दिउसो ३ः४५ बजेस सुरु भएको छ ।  

नयाँ प्रशिक्षकको आगमन पछि खेलका दुई वटै खेलमा जित निकालेको र यो सिरिजको पनि सबै भन्दा बलियो टोलि नेदरल्याण्डलाई समेत सहजै पराजित गरेको नेपाल आजको खेलमा जित हासिल गर्दै शिर्ष ४ को सम्भावना बलियो बनाउने योजनाका साथ मैदान प्रवेश गर्दैछ । उता घरेल दर्शक र मैदानको साथ रहन स्कटल्याण्ड पनि पछिल्लो खेलमा नेदरल्याण्ड माथि प्राप्त जितले हौसिएको छ । जसले गर्दा उसले नेपालसँग पहिलो खेलमा भोगेको हारको बदला लिने लक्ष्यका साथ मैदामा उत्रने छ ।

नेपाली टोलिले गत सोमबार भएको खेलमा घरेलु टोलि स्कटल्याण्डलाई १ विकेटको सनसनिपूर्ण हार चखाएको थियो । विश्वकप लिग २ साइकलको अघिल्लो पटकको अन्तिम १२ खेलमा ११ जित निकाल्दा नेपाले स्कटल्याण्डलाई नै हराएर विजयको बाटोमा अघि बढेको थियो । अहिले नेपालले फेरि नयाँ प्रशिक्षकको आगमनसँगै स्कटल्याण्ड विरुद्धको जित पछि अब बाँकी सबै खेल जित्छ भन्दै सामाजिक सञ्जालहरु रंगिएका छन् । सन् २०२३ पछि खेलिकाएका ५ वाट खेलको नितिजालाई हेर्नेहो भने स्कटल्याण्ड माथि नेपाल हाभि भएको देखिन्छ । २०२३ देखि खेलिएका ५ वटा खेलमा नेपाल स्कटल्याण्डसँग अपराजित रहेको छ । पछिल्ला ५ भेटमा नेपालले ४ जित निकालेको छ भने एक खेल नजिताविहीन भउको छ ।

पछिल्लो समय नेपाली खेलाडीहरु समेत लयमा देखिएका छन् । ओपन कुशल भुर्तेल, आरिफ शेख, भीम सार्की, आसिफ शेख अहिले लयमा रहेका छन् । तल्लो क्रममा आएर करण केसीले नेपाललाई जुन सुकै अवस्थामा पनि जित दिलाउन सक्ने क्षमता राख्दछन् । नेपालका लागि सबै भन्दा ठूलो समस्या भनेको अलराउन्डर दीप्रेन्द्र सिंह ऐरीको लय हो । उनी पछिल्लो समय एक दिवसीए खेलमा लय समात्न संघर्षरत रहेका छन् । उनले स्कटल्याण्ड विरुद्धको पहिलो खेलमा ८ रन बनाएका थिए भने नेदरल्याण्ड विरुद्धको खेलमा भने ३८ रनको अविजीत पारी खेलेका थिए । उनले स्कटल्याण्ड विरुद्धको खेलमा बलिङ गरेनन् भने नेदरल्याण्ड विरुद्ध जम्मा २ ओभर बलिङ गरेका थिए । उनी टि–२० विश्व वरियतामा अलराउण्डर तर्फ तेस्रो स्थानमा रहेका छन् । जसले गर्दा आम नेपाली क्रिकेट समर्थले उनबाट निकै ठूलो आस गरिरहेका हुन्छन् । तर उनी त्यो भूमिकामा भने खरो रुपमा उत्रिन सकेका छैनन् । यदि उनले आफ्नो क्षमता अनुसार ब्याट र बलबाट योगदान दिएको खण्डमा नेपाली टोलीले जस्तो सुकै अवस्थामा पनि जित निकाल्न सक्छ ।

यो सिरिज अघि अंक तालिकाको पुच्छारमा रहेको नेपाली टोलिले लगातार दुई खेल जिते पछि तालिकामा १० अंकका साथ एक स्थान सुधार गरेर ७ औँ स्थानमा पुगेको छ । ८ टोलि सहभागि यो साइकलमा अमेरिका शीर्ष स्थानमा रहेको छ । नेदरल्याण्ड दोस्रो, ओमान तेस्रो र स्कटल्याण्ड चौथो स्थानमा रहेका छन् ।

नेपालले अमेरिका र ओमना भन्दा ६ खेल, नेदरल्याण्डभन्दा ८ खेल, स्कटल्याण्ड भन्दा ४ खेल कम खेलेको छ । यो सिरिजका बाँकी २ खेलमा पनि जित निकालेको खण्डमा नेपालले नामिवियालाई पछि पार्दै अंक तालिकामा पनि सुधार गर्ने छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको