Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन बैंकको संस्थापक सेयर सर्वसाधारणलाई बिक्रीमा,कहिले सम्म दिने आवेदन ?

अर्थ संसार

मंगलबार, २७ जेठ २०८२, १० : ४२ मा प्रकाशित

हिमालयन बैंकको संस्थापक सेयर सर्वसाधारणलाई बिक्रीमा,कहिले सम्म दिने आवेदन ?

हिमालयन बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ।

बैंकले ३१ हजार २३७ कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको हो । 

यो सेयर खरीद गर्न इच्छुक सर्वसाधारणले अबको १५ दिनभित्र काठमाडौंको कमलादीस्थित बैंकको केन्द्रीय कार्यालयमा रहेको कानून तथा सेयर विभागमा निवेदन दिनु पर्नेछ।

उक्त सेयरको बिक्री मूल्य सम्बन्धी जानकारीका लागि बैंकको केन्द्रीय कार्यालयमा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ।यसअघि बैंकले संस्थापक सेयरधनीलाई बिक्रीमा राखेको यो सेयरमा तोकिएको अवधिसम्म निवेदन प्राप्त नभएपछि सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको