Like us!
Follow us!
Connect us!
Watch us!

चालु खाता २५५ अर्बले बचतमा, शोधनान्तर स्थिति ४३८ अर्बले बचत

अर्थ संसार

मंगलबार, २७ जेठ २०८२, ११ : ५३ मा प्रकाशित

चालु खाता २५५ अर्बले बचतमा, शोधनान्तर स्थिति ४३८ अर्बले बचत

चालु आर्थिक वर्षको १० महिनासम्मको अवधिमा चालु खाता २५५ अर्ब भन्दा बढीले नाफामा रहेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्यांक अनुसार चालु खाता २५५ अर्ब ९३ करोड रुपैयाँले बचतमा रहेको हो । 

केन्द्रीय बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १९३ अर्ब ३१ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ४५ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ८९ करोडले बचतमा रहेको छ । समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर रु.८ अर्ब ४८ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर रु.५ अर्ब २६ करोड रहेको थियो । यसैगरी, समीक्षा अवधिमा रु.१० अर्ब ६० करोड प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटि मात्र) भित्रिएको छ । 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटि मात्र) रु.७ अर्ब ५ करोड रहेको थियो ।  समीक्षा अवधिमा शोधनान्तर स्थिति ४३८ अर्ब ५२ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.३९२ अर्ब ६४ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ९५ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३ अर्ब २३ करोडले बचतमा रहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको