जाजरकोटको भेरी नगरपालिका–१० स्थित रानीचौर सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष कर्ण बहादुर शाहीले नक्कली बिल र भौचर देखाएर ६ लाख ३६ हजार रुपैयाँ हिनामिना गरेको खुलेको छ।
समितिले वनबाट उठेको आम्दानी नेपाल बैंक लिमिटेडको जाजरकोट शाखामा जम्मा गर्दै आएको थियो। यही खाताबाट २०७८ साल चैत २० गते शाहीले चेकमार्फत ७ लाख रुपैयाँ झिकेर आफैंले राखेका थिए।
उक्त रकममध्ये ६३ हजार ९५३ रुपैयाँमात्र राजस्व तिर्न तथा लेखापरीक्षणलगायतका नियमित काममा खर्च भएको देखिएको छ। बाँकी रकम खर्च भएको देखाउन उनले कृषि विकास बैंकको १४ वटा नक्कली भौचर, कुशे व्यावसायिक परामर्श तथा अनुसन्धान सेवा नामक संस्थाबाट लेखापरीक्षण गराएको भनी ७ वटा नक्कली बिल, राज परामर्श सेवाको १ वटा नक्कली बिल र धौलागिरी रेष्टुरेन्टका ३ वटा नक्कली बिल पेश गरेका थिए।
नक्कली कागजातमार्फत खर्च देखाइएको आशंकापछि अध्यक्ष शाहीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो। अनुसन्धानका क्रममा उनले नक्कली कागजातको आधारमा रकम खर्च देखाइ बाँकी सम्पूर्ण रकम व्यक्तिगत रूपमा प्रयोग गरेको पुष्टि भएको हो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस