Like us!
Follow us!
Connect us!
Watch us!

हाइड्रोपावर क्षेत्रलाई तहसनहस बनाउन 'टेक एण्ड पे' को नीति बजेटमा समावेश भयो - अध्यक्ष कार्की

अर्थ संसार

बुधबार, २८ जेठ २०८२, १६ : ५३ मा प्रकाशित

हाइड्रोपावर क्षेत्रलाई तहसनहस बनाउन 'टेक एण्ड पे' को नीति बजेटमा समावेश भयो - अध्यक्ष कार्की

स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले हाइड्रोपावर क्षेत्रलाई सिध्याउनका लागि टेक एण्ड पेको नीति आएको बताएका छन् । अर्थ संसारसँगको कुराकानीका क्रक्रममा अध्यक्ष कार्कीले हाइड्रो क्षेत्रलाई तहसनहस बनाउनका लागि यो व्यवस्था गरिएको बताएका हुन् ।

सरकारले लिएको लक्ष्य हासिल गर्नका लागि पनि यो नीतिले निकै समस्या पार्ने उनको भनाइ छ । हाइड्रो पावरहरुको आईपीओ स्वीकृत नगरेका कारण समस्यामा परेका ऊर्जा व्यवसायीहरु टेक एण्ड पेको नीतिले थप समस्या पर्ने उनले बताए । ‘लाइसेन्स लिएर बसेका धेरै व्यवसायीहरुका लागि यो निकै ठूलो पिडाको विषय रहेको उनको भनाइ छ । ‘कि सरकारले आफूले भनेको २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य गलत थियो भन्नु परो होइन भने टेक एण्ड पेको नीति गलत थियो भन्नु पर्छ,’ अध्यक्ष कार्कीले भने ।

सरकारले प्रसारण लाइन विस्तारमा पनि निजी क्षेत्रसँग समन्वय गर्नु पर्नेमा विद्युत उत्पादनमा नै अप्ठ्यारो पर्ने नीति लिएको उनको आरोप छ । देश समृद्ध बनाउने आधारमध्येको एउटा हाइड्रोपावर क्षेत्र भए पनि सरकारले त्यसमा ध्यान दिन नसकेको उनको भनाइ छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको