स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले ५४ हजार भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले ५४ हजार ४६४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
जसमध्ये ३३ हजार ९६४ कित्ता सेयर संस्थापक सेयरधनीले र २० हजार ५०० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताले खरीद गर्न पाउने गरि लिलामीमा राखिएको हो । कम्पनीले संस्थापक सेयरधनीले खरीद गर्ने सेयरको प्रतिकित्ता न्यूनतम मूल्य ३१५ रुपैयाँ तोकेको छ । तर सर्वसाधारणका लागि बिक्री खुला गरिएको सेयरको कुनै मूल्य तोकिएको छैन ।
सेयर खरीद गर्न इच्छुक व्यक्तिले अबको ३५ दिनभित्र काभ्रेपलाञ्चोकको बनेपा–५ स्थित कम्पनीको केन्द्रीय कार्यालयमा लिखित निवेदन दिनु पर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस