Like us!
Follow us!
Connect us!
Watch us!

बढ्यो निजी क्षेत्रमा कर्जाको माग, बैंकहरुले कति गरे लगानी ?

अर्थ संसार

विहीबार, २९ जेठ २०८२, ११ : ३६ मा प्रकाशित

बढ्यो निजी क्षेत्रमा कर्जाको माग, बैंकहरुले कति गरे लगानी ?

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो दस महिनामा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा जाने कर्जा उल्लेख्य रूपमा बढेको जनाएको छ। निजी क्षेत्रतर्फ कर्जाको माग बढेसँगै यो अवधिमा कर्जा ७.३ प्रतिशतले वृद्धि भएको हो।

राष्ट्र बैंकका अनुसार हालसम्म बैंक तथा वित्तीय संस्थाहरूले निजी क्षेत्रमा कूल ३ खर्ब ६८ अर्ब ६८ करोड रुपैयाँ लगानी गरेका छन्। अघिल्लो वर्ष सोही अवधिमा यो कर्जा २ खर्ब २५ अर्ब २४ करोडले बढेको थियो। वार्षिक बिन्दुगत हिसाबले २०८२ वैशाख मसान्तसम्म निजी क्षेत्रमा प्रवाहित कर्जा ८.४ प्रतिशतले बढेको देखिन्छ।

कुन क्षेत्रमा कति कर्जा ? 

२०८२ वैशाख मसान्तसम्म निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रमा ६३.१ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रमा ३६.९ प्रतिशत कर्जा प्रवाह भएको छ। अघिल्लो वर्ष सोही अवधिमा यी अंशहरू क्रमशः ६३.७ र ३६.३ प्रतिशत थिए।

 वाणिज्य बैंकबाट कर्जा प्रवाह  ७.६ प्रतिशतले, विकास बैंकबाट ४.१ प्रतिशतले, र वित्त कम्पनीबाट ६.५ प्रतिशतले बढेको जनाएको छ। कर्जाको सुरक्षण पक्षमा हेर्दा, चालु सम्पत्तिमा आधारित कर्जा १४.६ प्रतिशत रहेको छ भने घरजग्गा धितोमा आधारित कर्जा ६५.१ प्रतिशत रहेको छ।

यस्तै, उद्योग तथा व्यापार सम्बन्धी क्षेत्रमा कर्जाको प्रवाह पनि उल्लेख्य रूपमा बढेको देखिन्छ:

- औद्योगिक उत्पादन: ९.० प्रतिशतले,निर्माण क्षेत्र: १२.३ प्रतिशतले ,थोक/खुद्रा व्यापार: ४.९ प्रतिशतले,यातायात, संचार, सार्वजनिक सेवा: ११.९ प्रतिशतले,सेवा उद्योग: ७.९प्रतिशतले  र उपभोग्य क्षेत्र: ८.८ प्रतिशतले 

 कुन कतिले बढ्यो ? 

कर्जाको प्रकृतिअनुसार, आयात कर्जा सबैभन्दा बढी ५८.१% ले बढेको छ।

- मार्जिन कर्जा: ३९.३%

- रियल स्टेट कर्जा: ५.२%

- आवधिक कर्जा: ५.१%

- हायर पर्चेज: ४.१%

- नगद प्रवाह कर्जा: ३.४%

तर ओभरड्राफ्ट कर्जा भने यो अवधिमा १२.९ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको