Like us!
Follow us!
Connect us!
Watch us!

दिपलले पार गर्यो पाँच लाख युनिट डेलिभरीको कोशेढुंगा

अर्थ संसार

बुधबार, २८ जेठ २०८२, १८ : ०२ मा प्रकाशित

दिपलले पार गर्यो पाँच लाख युनिट डेलिभरीको कोशेढुंगा

सांघाईस्थित चाङान अटोमोबाइल अन्तर्गत सञ्चालित न्यु इनर्जी भेहिकल (NEV) ब्रान्ड 'दिपल'ले विश्वभर ५ लाख युनिट गाडी डेलिभरी गर्दै महत्वपूर्ण उपलब्धि हासिल गरेको छ।

कम्पनीले केवल मे २०२५ महिनामा मात्रै २५,५२१ युनिट गाडी बिक्री गरेको छ, जुन अघिल्लो वर्षको सोही महिनाको तुलनामा ७८ प्रतिशत र अप्रिल महिनाको तुलनामा २७ प्रतिशतले बढी हो।

हाल दिपल ब्रान्ड अन्तर्गत SL03, S07, G318, L07, S05 र S09 गरी कुल छ मोडेल बजारमा उपलब्ध छन्। तीमध्ये, नयाँ एसयुभी मोडेल 'दिपल S09' मे २२ मा सार्वजनिक गरिएको हो। ठूलो आकारको ६ सिटर एसयूभी S09 मा हार्मोनी स्पेस ५ स्मार्ट ककपिट सिस्टम, २१.४ इन्चको ३के सिलिंग माउन्टेड रियर इन्टरटेन्मेन्ट सिस्टम (१६:९ एस्पेक्ट रेसियो सहित) जडान गरिएको छ, जसलाई ० देखि ७५ डिग्रीसम्म झुकाउन सकिन्छ।

यसमा डाइनामिक पानोरामिक साउन्ड, बच्चामैत्री असिस्टेन्ट, सिन ब्लक्स तथा स्पासियल म्याजिक क्युब जस्ता फिचरहरू समावेश छन्। साथै, हुवावेले विकास गरेको 'कियान कुन ADAS 3.3' इन्टेलिजेन्ट ड्राइभिङ असिस्ट टेक्नोलोजी पनि प्रयोग गरिएको छ। कम्पनीले वर्षको अन्त्यसम्म S09 मा 'एडभान्स ADAS 4.0' प्रणाली थप गर्ने योजना सार्वजनिक गरेको छ, जसले ब्रेकिङ फ्रिक्वेन्सी ३०% ले घटाउने, सिस्टम ल्याटेन्सी ५०% ले कम गर्ने र ट्राफिक इफिसियन्सी २०% ले बढाउने दाबी गरिएको छ।

दिपलले आगामी वर्ष चीनभर थप ३०० नयाँ एक्सपिरियन्स सेन्टरहरू स्थापना गर्ने योजना बनाएको छ। दक्षिणपूर्व एसिया र मध्यपूर्व बजारमा विस्तार गरिसकेको कम्पनी हालै युरोपेली बजारमा पनि प्रवेश गरिसकेको छ।

मे महिनामा आयोजित ब्रान्ड नाइट कार्यक्रममा दिपलका सिइओ डेंग चेन्घाओले “स्मार्ट लिड २०३०” रणनीति सार्वजनिक गर्दै सन् २०३० सम्ममा विश्वभर २० लाख युनिट गाडी बिक्री गर्ने दीर्घकालीन लक्ष्य प्रस्तुत गरेका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको