काठमडौंको तीनकुने घटनाका मुख्य आरोपीको रुपमा मुद्दा दायर गरिएका व्यवसायी दुर्गा प्रसाईं सहितका प्रतिवादीहरुविरुद्धको थुनछेक बहस सकिएको छ । जिल्ला अदालत काठमाडौंमा उनीहरुको मुद्दाको थुनछेक बहस सकिएको हो ।
आजै आदेश आउने तयारी रहेको अदालत स्रोतले जानकारी दियो । जिल्ला अदालतका न्यायाधीश धु्रवराज कार्कीको इजलासमा २० जेठदेखि निरन्तर थुनछेक बहस भइरहेको बहस आज सकिएको हो । केहीबेरमा आदेश आउने बताइएको छ ।
तीनकुने घटनाका विषयमा ११ जेठमा सरकारी वकिल कार्यालयले ६१ जनाविरुद्ध मुद्दा दायर भएको थियो । प्रतिवादीमध्ये ३९ जना हिरासतमा छन् । ११ जनालाई आपराधिक उपद्रवको मात्रै मुद्दा लगाइएकोमा उनीहरु धरौटी बुझाएर रिहा भइसकेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस