Like us!
Follow us!
Connect us!
Watch us!

डलर, पाउण्ड र युरोको मूल्य बढ्यो, कुन देशको विनिमयदर कति ?

अर्थ संसार

शुक्रबार, ३० जेठ २०८२, ०७ : ०६ मा प्रकाशित

डलर, पाउण्ड र युरोको मूल्य बढ्यो, कुन देशको विनिमयदर कति ?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर र युरो र पाउण्डको मूल्य बढेको छ । 

आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १३७ रुपैयाँ २७ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १३७ रुपैयाँ १२ पैसा रहेको थियो । त्यस्तै आज युरोपियन युरो एकको खरिददर १५८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १५९ रुपैयाँ १४ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ ०२ पैसा र बिक्रीदर १५६ रुपैयाँ ७० पैसा रहेको थियो । 

केन्द्रीय बैंकका अनुसार आज युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४८ पैसा निर्धारण भएको छ । अघिल्लो दिन युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ १० पैसा र बिक्रीदर १८४ रुपैयाँ ९१ पैसा रहेको थियो । आज स्वीस फ्र्याङ्क एकको खरिददर १६८ रुपैयाँ २५ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९९ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ०३ पैसा र बिक्रीदर ८९ रुपैयाँ ४२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ २६ पैसा र बिक्रीदर १०० रुपैयाँ ७० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपैयाँ ८७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ३३ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ५२ पैसा र बिक्रीदर नौ रुपैयाँ ५६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०५ पैसा र बिक्रीदर १९ रुपैयाँ १३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४३  पैसा र बिक्रीदर ३६ रुपैयाँ ५९ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५० पैसा र बिक्रीदर ३७ रुपैयाँ ६६  पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर ४ रुपैयाँ २२ पैसा र बिक्रीदर ४ रुपैयाँ २३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ २१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४२ पैसा, दक्षिण कोरियन वन १०० को खरिददर १० रुपैयाँ १० पैसा र बिक्रीदर १० रुपैयाँ १४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ५० पैसा र बिक्रीदर १४ रुपैयाँ ५६ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ २४ पैसा र बिक्रीदर २१ रुपैयाँ २३ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४१ पैसा र बिक्रीदर १७ रुपैयाँ ४९ पैसा, कुवेती दिनार एकको खरिददर ४४६ रुपैयाँ ७५ पैसा र बिक्रीदर ४४८ रुपैयाँ ७१ पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रुपैयाँ ४० पैसा र बिक्रीदर ३६४ रुपैयाँ, ओमनी रियाल एकको खरिददर ३५४ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३५६ रुपैयाँ ५३ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको