Like us!
Follow us!
Connect us!
Watch us!

लापरबाही मुद्दामा ओम हस्पिटललाई ५० लाख बढी क्षतिपूर्ति तिराउने उपभोक्ता अदालतको फैसला

अर्थ संसार

शुक्रबार, ३० जेठ २०८२, १० : १९ मा प्रकाशित

लापरबाही मुद्दामा ओम हस्पिटललाई ५० लाख बढी क्षतिपूर्ति तिराउने उपभोक्ता अदालतको फैसला

उपभोक्ता अदालतले लापरबाही गरेको भन्दै ओम हस्पिटललाई ५० लाख भन्दा बढी क्षतिपूर्ति तिराउने फैसाल गरेको छ । उपभोक्ता अदालतले चिकित्सकीय लापरबाहीका कारण बिरामीको ज्यान गएको भन्दै चाबहिलस्थित ओम ५० लाख ७० हजार रूपैयाँ क्षतिपूर्ति तिराउने फैसला गरेको हो ।

यो मुद्दा उपभोक्ता अदालतमा दर्ता भएको पहिलो मुद्दा हो जुन २०८० चैत २ गते दर्ता भएको थियो । अदालतले बिहीबार निर्णय सुनाउँदै अस्पतालको लापरबाहीकै कारण बिरामीको मृत्यु भएको भन्दै क्षतिपूर्ति तिर्नुपर्ने आदेश दिएको हो । अदालतका अध्यक्ष रामप्रसाद शर्मा र सदस्यद्वय गेहेन्द्र राज रेग्मी र आनन्दराज पोखरेलको इजलासले लापरबाहीबाट भएको क्षतिको ८० प्रतिशत अस्पतालले र बाँकी २० प्रतिशत उपचारमा संलग्न चिकित्सकले वहन गर्नुपर्ने ठहर गरेको छ । चिकित्सकहरूलाई ६ लाख १० हजार रूपैयाँ छुट्टै तिर्नुपर्ने आदेश दिएको छ ।

यो मुद्दा बुढानीलकण्ठ–९ का बसन्त गौतमले दायर गरेका थिए । उनका ९८ वर्षीय बाबु हरिहरप्रसाद गौतम ओम हस्पिटलमा उपचारका लागि भर्ना भएका थिए । बाथरुममा लडेका बाबुको अस्पतालले परीक्षण नगरी सिधै पीडाबाट राहत दिने इन्जेक्सन दिएको र त्यसकै कारण मृत्यु भएको भन्दै बसन्तले ५ करोड क्षतिपूर्तिको माग गरेका थिए । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको