Like us!
Follow us!
Connect us!
Watch us!

इरानमाथि आक्रमण पछि ह्वातै बढ्यो कच्चा तेलको मूल्य

अर्थ संसार

शुक्रबार, ३० जेठ २०८२, १३ : ३७ मा प्रकाशित

इरानमाथि आक्रमण पछि ह्वातै बढ्यो कच्चा तेलको मूल्य

इजरायलले इरानमाथि गरेको आक्रमण पछि अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी वृद्धि भएको छ । इजरायलले आज विहानै इरानाथि भिषण आक्रमण गरेको थियो । 

हङकङ र सिंगापुरको अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी बृद्धि भएको हो । कच्चा तेलको मूल्यमा ७ प्रतिशतभन्दा बढिले बृद्धि भइसकेको छ । इरान कच्चा तेल निर्यात गर्ने मुख्य मुलुक हो । मध्यपूर्वमा युद्धका त्रास बढेसँगै इन्धनको मूल्यमा भारी बृद्धि हुने अनुमान गरिएको छ ।

हाल अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारेल क्रुड आयलको मूल्य ७४.६५ डलर पुगेको छ । हिजोसम्म यस्तो मूल्य प्रतिब्यारेल ६९.३६ डलर रहेको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको