Like us!
Follow us!
Connect us!
Watch us!

इजरायल र इरानलाई शान्तिको बाटो हिंड्न संयुक्त राष्ट्र संघको अपिल

अर्थ संसार

शनिबार, ३१ जेठ २०८२, ०८ : २७ मा प्रकाशित

इजरायल र इरानलाई शान्तिको बाटो हिंड्न संयुक्त राष्ट्र संघको अपिल

संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले इरान र इसराइललाई ‘तनाव नबढाउन र शान्तिको बाटो रोज्न’ अपिल गरेका छन् । उनले सामाजिक सञ्जाल एक्समा एक सन्देश सार्वजनिक गर्दै दुई देशले शान्ति र कुटनीतिक मार्ग अवलम्बन गर्न आग्रह गरेका हुन् ।

‘इसराइलद्वारा इरानका आणविक केन्द्रहरूमा आक्रमण, जवाफमा इरानद्वारा तेल अवीवमा प्रक्षेपास्त्र प्रहार, अब धेरै भइसक्यो। अब यसलाई रोक्ने बेला आएको छ। शान्ति र कूटनीतिक मार्ग अवलम्बन गरिनुपर्छ,’ उनले भनेका छन् । युरोपेली संघकी अध्यक्ष उर्सुला भोन डेर लेयनले इजरायली राष्ट्रपति आइज्याक हर्जोगसँग सम्पूर्ण घटनाक्रमबारे कुराकानी गरेको बताएकी छन् ।

उनले यसबारे सामाजिक सञ्जाल एक्समा लेखेकी छन्, ‘म पुनः दोहोर्‍याउँछु, इसराइलसँग आफ्नो र आफ्ना जनताको सुरक्षा गर्न पाउने अधिकार छ। तर, त्यससँगै क्षेत्रीय स्थायित्व कायम गर्नु पनि अत्यन्त आवश्यक छ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको