देशका विभिन्न ठाउँमा भारी वर्षा भइरहेको छ । भारी वर्षाका कारण बाढी र डुबानको जोखिम रहेको छ । पछिल्लो एक घण्टामा मकवानपुर जिल्लास्थित हेटौंडा, रजैया वर्षामापन केन्द्र र आसपास केन्द्रमा मध्यमदेखि भारी वर्षामापन भएको छ ।
धनुषा जिल्लास्थित चिसापानी बजार वर्षामापन केन्द्र र आसपास केन्द्रहरूमा मध्यमदेखि भारी वर्षामापन भएको छ । बारा र रौतहट जिल्ला स्थित रजुवा र चंद्रपुर वर्षामापन केन्द्र र आसपास केन्द्रमा पनि मध्यमदेखि भारी वर्षामापन भएको छ ।
म्याग्दी जिल्लाको दर्बांग वर्षामापन केन्द्र र आसपास मध्यमदेखि भारी वर्षामापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भारी वर्षा भएका क्षेत्र भएर बग्ने स–साना खोलाहरूमा आकस्मिक बाढी आउनसक्ने, होचा र डुबान भइरहने क्षेत्रका डुबान हुनसक्ने तथा कमजोर र भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस