Like us!
Follow us!
Connect us!
Watch us!

फेसबुकमा ‘अलविदा’ लेखेर बेपत्ता भएका डाक्टर काठमाडौंको बालाजुमा सकुशल फेला

अर्थ संसार

सोमबार, ०२ असार २०८२, १४ : ३१ मा प्रकाशित

फेसबुकमा ‘अलविदा’ लेखेर बेपत्ता भएका डाक्टर काठमाडौंको बालाजुमा सकुशल फेला

'अलविदा' सन्देश लेख्दै सम्पर्कविहीन बनेका डा. केशव श्रेष्ठ काठमाडौंको बालाजुस्थित एक होटलबाट सकुशल फेला परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनी केही समयदेखि हराइरहेका थिए र खोजी कार्य तीव्र पारिएको थियो। अन्ततः सोमबार साँझ प्रहरीको टोलीले उनलाई बालाजुमा रहेको एक होटलमा फेला पारेको हो।

रामेछाप जिल्ला अस्पतालका पूर्व निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. श्रेष्ठले सामाजिक सञ्जालमार्फत 'विदा' सन्देश लेख्दै मोबाइल बन्द गरेका थिए। आफूलाई माफ गरिदिन आग्रह गर्दै लेखिएको उक्त सन्देशपछि उनीसँग सम्पर्क हुन नसकेको प्रहरीको भनाइ छ।

फेसबुक सन्देशमा उनले १८ महिनासम्म अस्पतालमा कार्यरत रहँदा विभिन्न अवरोधहरू झेल्नुपरेको र काम गर्न नदिइएको गुनासो गरेका थिए। त्यही कार्य वातावरणकै कारण मानसिक रूपमा तनावमा परेको संकेत उनले दिएका थिए।

घटना सार्वजनिक भएपछि प्रहरी सक्रिय बनेको थियो र खोजी अभियानलाई तीव्र बनाइएको थियो। अन्ततः डा. श्रेष्ठलाई सकुशल अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको