Like us!
Follow us!
Connect us!
Watch us!

सञ्चालकले जिम्मेवारी पुरा नगर्दा सहकारीमा समस्या आयोः प्राधिकरण अध्यक्ष

अर्थ संसार

मंगलबार, ०३ असार २०८२, १७ : ३१ मा प्रकाशित

सञ्चालकले जिम्मेवारी पुरा नगर्दा सहकारीमा समस्या आयोः प्राधिकरण अध्यक्ष

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव तथा राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष केदारनाथ शर्माले सहकारी सञ्चालकले जिम्मेवारी पूरा नगरेपछि सहकारी क्षेत्रमा समस्या बढेको बताएका छन्।

मंगलबार नेपाल सहकारी पत्रकार समाज (सीजेएन) र सहकारी विभागले संयुक्त रूपमा आयोजना गरेको ‘सहकारीको दिगोपनाका लागि अबको रणनीति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भने, 'सहकारीका मूल्य, मान्यता र सिद्धान्त सबैलाई थाहा भए पनि जिम्मेवार भएर काम नगरेकाले समस्या देखा परेको हो।'

उनले अभियानले अभिभावकत्व नबोकेको कारण समस्या बढेको बताए। 'सहकारीमा स्वनियमनको नाममा सबै आफैंलाई मालिक बनाए, नियामक निकायमा पनि कमजोरी छ। यो १६/१७ वर्षका बालकलाई अभिभावकले स्वतन्त्र छाडेको जस्तो अवस्था हो।'

सहकारी विभागका रजिष्ट्रार उमेश ढुंगानाले सहकारी क्षेत्रलाई अर्थतन्त्रको मुख्य खम्बा भने। उनले भने, 'आर्थिक विकासको संवाहक सहकारी हुन्। समुदायमा संचालित र स्वनियमनमा आधारित संस्था भएकाले यसको महत्व छ। तर हाल सुशासनमा समस्या देखिएका छन्।'

ढुंगानाका अनुसार सञ्चालकहरुको बदमासीले सहकारी क्षेत्रलाई असर गरेको छ। 'सकेसम्म सबै सहकारीलाई नियमन गर्न जनशक्तिको कमी छ। राम्रा भनिएका सहकारीमा पनि आन्तरिक कमजोरी देखिन्छ।'

राष्ट्रिय सहकारी महासंघ नेपालकी अध्यक्ष ओमदेवी मल्लले सहकारी सशक्तिकरणमा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण भएको बताइन्। उनले पत्रकारहरूलाई सहकारीको सकारात्मक पक्ष उजागर गर्न आग्रह गरिन्। 'सहकारीले गरिरहेको राम्रो कामलाई प्रचार गर्न जरुरी छ, जसले सहकारीप्रति सकारात्मक धारणा बनाउँछ।'

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) का अध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारीलाई संविधानले तेस्रो पिल्लरको मान्यता दिएको भए पनि व्यवहारमा न्याय नपाएको बताउँदै भने, 'सरकारले सहकारीलाई प्राथमिकतामा राखेको छ तर पूँजी र भूगोलअनुसार न्याय दिन सकिएको छैन।'

नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडका अध्यक्ष खेम बहादुर पाठकले सहकारी सुधारका लागि अभियान दृढ हुनुपर्ने बताए। 'सहकारी पारदर्शी भएको प्रमाणित गर्न अभियानमा लाग्नुपर्छ। सहकारी अरू भन्दा भिन्न छैन, पारदर्शी र सबैले बुझ्ने हुनुपर्छ।'

पाठकले अभियानले इमान्दार भएर जिम्मेवारी नलिने र मिडियाले उठाएको समस्यालाई आत्मसात नगर्ने हो भने अगाडि बढ्न नसक्ने बताए। साथै, ग्रामीण भेगका सहकारीमा कर्मचारीहरूको क्षमता अभिवृद्धिमा अभियान केन्द्रित हुनुपर्ने पनि बताए। कार्यक्रममा सहकारीको नीति, दिगोपना, दीगो विकास, पारदर्शिता र सदस्यहरूको विश्वास बढाउने उपायहरूमा पनि छलफल भएको थियो। डा. नवराज सिम्खडा र सीजेएनका संस्थापक अध्यक्ष यादव हुमागाईले सहकारी दिगोपनाका लागि भावी रणनीति विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए। सहकारी क्षेत्रका सरोकारवालाहरूले संविधानले दिएको मान्यता अनुसार सहकारीलाई व्यवहारमा पनि प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा सहकारी मन्त्रालय, विभाग, सहकारी महासंघ, विषयगत केन्द्रीय संघ,

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको