Like us!
Follow us!
Connect us!
Watch us!

एनसेल फाउडेसनसँगको सहकार्यमा सातै प्रदेशमा आइसिटी ज्ञान सम्पन्न, डिजिटल खाडल घटाउने विश्वास

अर्थ संसार

मंगलबार, ०३ असार २०८२, १७ : ३७ मा प्रकाशित

एनसेल फाउडेसनसँगको सहकार्यमा सातै प्रदेशमा आइसिटी ज्ञान सम्पन्न, डिजिटल खाडल घटाउने विश्वास

आइसिटी फाउन्डेसन नेपाल र एनसेल फाउन्डेसनको संयुक्त पहलमा सातै प्रदेशमा डिजिटल साक्षरता अभिवृद्धि गर्न ‘आइसिटी ज्ञान’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

गत जेठ १६ गतेदेखि सञ्चालनमा आएको यस कार्यक्रमको उद्देश्य देशभर डिजिटल साक्षरताको पहुँच विस्तार गर्नु थियो। सातै प्रदेशका विभिन्न स्थानीय तहहरू—कोशी प्रदेशको मोरङ, मधेश प्रदेशको सर्लाही, बागमती प्रदेशको दोलाखा, गण्डकी प्रदेशको स्याङ्जा, लुम्बिनी प्रदेशको प्युठान, कर्णाली प्रदेशको सल्यान र सुदूरपश्चिमको कैलाली—मा आयोजित कार्यक्रममा शिक्षक, विद्यार्थी, जनप्रतिनिधि, विज्ञ र स्थानीयबासी गरी दुई हजारभन्दा बढी सहभागी भएका थिए।

कार्यक्रममा डिजिटल सुरक्षासम्बन्धी महत्वपूर्ण सन्देशहरू दिइयो, जस्तै: ओटीपी कोड कसैसँग नसेयर गर्ने, प्राप्त मोबाइल एप मात्र प्रयोग गर्ने, आधिकारिक वेबसाइटको प्रमाणिकरण गर्ने, अनधिकृत व्यक्तिलाई व्यक्तिगत विवरण नदिनुपर्ने, फ्री वाइफाइमा डिजिटल कारोबार नगर्ने, जटिल पासवर्ड राख्ने र समय-समयमा परिवर्तन गर्ने, दुई तहको प्रमाणीकरण (टु फ्याक्टर अथेन्टिकेसन) अपनाउने, साथै नागरिकता र राष्ट्रिय परिचयपत्र जस्ता संवेदनशील कागजातहरू सामाजिक सञ्जालमा नछाप्ने जस्ता अभ्यासहरू गराइयो।

कार्यक्रमका सहभागी शिक्षक, विद्यार्थी र स्थानीय प्रतिनिधिहरूले यस्ता डिजिटल साक्षरता कार्यक्रम अझ धेरै ठाउँमा सञ्चालन गर्नुपर्ने माग गरे।

एनसेलको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सञ्चालन भएको आइसिटी ज्ञानले प्रविधिको विकाससँगै देखिएको डिजिटल खाडल कम गर्न महत्वपूर्ण भूमिका खेलेको छ।

यस कार्यक्रमले साइबर सुरक्षा, डिजिटल उपकरणहरूको प्रयोग, विद्युतीय सुशासन र वित्तीय प्रविधि जस्ता विषयमा ज्ञानमूलक प्रशिक्षण र अभ्यास गराएर डिजिटल समावेशी समाज र प्रविधिमैत्री वातावरण निर्माणमा योगदान पुर्‍याएको विश्वास गरिएको छ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको