Like us!
Follow us!
Connect us!
Watch us!

मितेरी सहकारीबाट १४ करोड ठगी गरेर फरार रहेका सञ्चालक भण्डारी कम्बोडियाबाट पक्राउ

अर्थ संसार

विहीबार, ०५ असार २०८२, १५ : ०४ मा प्रकाशित

मितेरी सहकारीबाट १४ करोड ठगी गरेर फरार रहेका सञ्चालक भण्डारी कम्बोडियाबाट पक्राउ

मितेरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा करोडौं रुपैयाँ ठगी गरी लामो समयदेखि फरार रहेका प्रतिवादी ज्योती बहादुर भण्डारीलाई नेपाल प्रहरीले कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याएको छ।

नेपाल प्रहरी प्रधान कार्यालयबाट खटिएको टोलीले इन्टरपोलको सहयोगमा भण्डारीलाई पक्राउ गरी २०८२ साल असार ४ गते नेपाल ल्याएको हो। पक्राउपश्चात उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) को हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सहकारीको सञ्चालकसमेत रहेका भण्डारीले मितेरी सहकारीका १४४ जना बचतकर्ता र अन्य सञ्चालकहरूसँग मिलेर १४ करोड रुपैयाँभन्दा बढी रकम ठगी गरेको आरोपमा अनुसन्धान हुँदै आएको थियो।

ठगी र कीर्ते मुद्दामा फरार रहेका उनलाई सन् २०२४ अक्टोबर २९ मा इन्टरपोलमार्फत रेड नोटिस जारी गरिएको थियो।

बर्दिया जिल्लाको बाँसगढी नगरपालिका–७ निवासी ४२ वर्षीय भण्डारीविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २१ को दफा २४९ (ठगीसम्बन्धी कसूर) र परिच्छेद २५ को दफा २७६ (कीर्ते सम्बन्धी कसूर) अनुसार मुद्दा चलाइएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको