Like us!
Follow us!
Connect us!
Watch us!

११ महिनामै १६ खर्बभन्दा बढीको व्यापार घाटा, निर्यात कमजोर हुँदा अर्थतन्त्र थप संकटमा

अर्थ संसार

आइतबार, ०८ असार २०८२, १२ : ५३ मा प्रकाशित

११ महिनामै १६ खर्बभन्दा बढीको व्यापार घाटा, निर्यात कमजोर हुँदा अर्थतन्त्र थप संकटमा

चालु आर्थिक वर्ष २०८१/०८२ को ११ महिनामा नेपालको वैदेशिक व्यापार १८ खर्ब भन्दा बढी भएको छ ।

व्यापार घाटा १६ खर्ब भन्दा बढी भएको ११ महिनाको अवधिमा नेपालले कुल १८ खर्ब ९२ अर्ब ३६ करोड ७७ लाख रुपैयाँको वैदेशिक व्यापार भएको हो ।

भन्सार विभागको तथ्यांक अनुसार उक्त व्यापार गत आवको सोही अवधिको भन्दा १८.८० प्रतिशतले धेरै हो । गत आवको सोही अवधिमा १५ खर्ब ९२ अर्ब ९६ करोड ६५ लाख रुपैयाँ बराबरको व्यापार भएको थियो । भन्सार विभागका अनुसार चालु आवको ११ महिनामा नेपालले १६ खर्ब ४४ अर्ब ७९ करोड ८६ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो गत आवको सोही अवधिको तुलनामा १३.१५ प्रतिशत बढी हो । सो अवधिमा १४ खर्ब ५३ अर्ब ७० करोड ४१ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

त्यस्तै, यस अवधिमा नेपालबाट २ खर्ब ४७ अर्ब ५७ करोड २ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको छ । यो गत आवको सोही अवधिको तुलनामा ७७.७७ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा कुल १ खर्ब ३९ अर्ब २६ करोड २३ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात गरिएको थियो । यस अवधिमा नेपालले १६ खर्ब भन्दा बढीको व्यापार घाटा व्यहोरेको छ । गत आवको सो अवधिमा नेपालले १३ खर्ब १४ अर्ब ४४ करोड १८ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको