Like us!
Follow us!
Connect us!
Watch us!

७८ लाख घुसकाण्ड :- अख्तियार पुग्यो प्रमाण,मन्त्री गुप्ता भन्छन्– ‘अडियो मेरो होइन'

अर्थ संसार

बुधबार, ११ असार २०८२, १२ : ४५ मा प्रकाशित

७८ लाख घुसकाण्ड :- अख्तियार पुग्यो प्रमाण,मन्त्री गुप्ता भन्छन्– ‘अडियो मेरो होइन'

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राज कुमार गुप्तामाथि कम्तीमा ७८ लाख रुपैयाँ घुस लिएको गम्भीर आरोप लागेका छन्। मालपोत अधिकृतको सरुवा तथा भूमिसम्बन्धी नियुक्तिको विषयमा व्यापारीसँग घुस लिएको अडियो र तस्बिरसहितको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भइसकेको छ।

सूचनाअनुसार मन्त्री गुप्ताले जिल्ला मालपोत कार्यालय कास्कीका प्रमुख अधिकृतको सरुवा नगर्ने सर्तमा ५३ लाख रुपैयाँ घुस लिएको आरोप लागेको छ। यो रकम मन्त्री निवासमै उनको भतिजी मेलिना गुप्तामार्फत बुझिएको जनाइएको छ। साथै, भूमि आयोगको सदस्यमा नियुक्त गरिदिने भन्दै थप २५ लाख रुपैयाँ लिएको पनि उजुरीमा उल्लेख छ।

मन्त्री गुप्ताले भने आफू निर्दोष रहेको दाबी गर्दै आएका छन्।  

तर, उजुरीमा अडियो र तस्बिर दुवै छन् — जसमा मन्त्रीले घुस मागेको र व्यापारीहरूले नोटको बिटो दिएको देखिन्छ। रकम बुझिएपनि सम्झौता बमोजिमको काम नगरेपछि पीडित पक्षले उजुरी दर्ता गराएको हो।

मन्त्री गुप्ता एमालेबाट पर्सा–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पनि मन्त्रीमाथिको प्रमाण पुगेको बताइए पनि हालसम्म कुनै राजनीतिक वा कानुनी कारबाही प्रक्रिया अघि बढेको छैन।

सो अडियो र फोटो हाल युट्युब लगायतका सामाजिक सञ्जालमा पनि सार्वजनिक भइसकेका छन्। यस्ता स्पष्ट प्रमाणहरूसहित उजुरी दर्ता भइसकेको अवस्थामा मन्त्री गुप्ताको पद सुरक्षित रहने कि धरापमा पर्ने — त्यसले अबको राजनीतिक चाल चित्र स्पष्ट पार्नेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको