दक्षिण अफ्रिकी राज्यका मानार्थक वाणिज्यदूत प्रदिप कुमार श्रेष्ठले नेपालका लागि दक्षिण अफ्रिकी राज्यको नवनियुक्त राजदूतलाई स्वागत गरेका छन् ।
नेपालको तर्फबाट दक्षिण अफ्रिकी राज्यको लागी नियुक्त मानार्थ वाणिज्यदूत श्रेष्ठले हिजो (मंगलबार) ललितपुरमा रहेको वाणिज्यदूत कार्यालयमा आयोजित एक कार्यक्रमबीच दक्षिण अफ्रिकी गणतन्त्रात्मक राज्यका नवनियुक्त राजदूत महामहिम प्राध्यापक अनिल सुकलाल र उनकी श्रीमती डा. निलिस्त्र सुकलाल सिंहलाई स्वागत गरेका हुन् ।
सो भ्रमणको क्रममा, राजदूत र मानार्थ वाणिज्यदूतले द्विपक्षीय सम्बन्धलाई सुदृढ पार्दै दुई देशबीच व्यापारिक अवसरहरूको खोजी गर्ने बारेमा छलफल सम्पन्न गरेका थिए । त्यस्तै, उनीहरुले नेपाल र दक्षिण अफ्रिकाबीच उच्चस्तरीय प्रतिनिधिमण्डल सहितको भेटघाट तथा अनुभव आदानप्रदानको विषयमा समेत छलफल गरेका थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस