Like us!
Follow us!
Connect us!
Watch us!

विश्व कीर्तिमानी क्रिकेटर दीपेन्द्र सिंह ऐरीले नेपाल प्रहरीबाट दिए राजीनामा

अर्थ संसार

विहीबार, १२ असार २०८२, ०८ : ०३ मा प्रकाशित

विश्व कीर्तिमानी क्रिकेटर दीपेन्द्र सिंह ऐरीले नेपाल प्रहरीबाट दिए राजीनामा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार अलराउण्डर तथा विश्व कीर्तिमानी खेलाडी दीपेन्द्रसिंह ऐरीले नेपाल प्रहरीको सेवाबाट राजीनामा दिएका छन्।

प्रहरी संगठनमा सहायक हवल्दार पदमा कार्यरत ऐरीले केही दिनअघि व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका हुन्। ऐरीको राजीनामा स्वीकृत भएको पुष्टि नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी विनोद घिमिरेले गरेका छन्।

प्रवक्ता घिमिरेका अनुसार, ऐरीले घरायसी कारण उल्लेख गर्दै औपचारिक रूपमा राजीनामा दिएका थिए, जुन हालै स्वीकृत भएको हो।

चीनको हाङ्जाउमा सम्पन्न १९ औँ एसियन गेम्सको टी-२० क्रिकेटमा एकै ओभरमा ६ छक्का प्रहार गर्दै विश्व कीर्तिमान बनाएका ऐरी त्यसपश्चात प्रहरी जवानबाट विशेष बढुवा पाउँदै सहायक हवल्दार बनेका थिए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको