नेपालमा २८ वटा भन्सार नाकाहरु हरेका छन् । यी नाकाहरुबाट नै नेपालको व्यापार हुने गरेको छ । भन्सार विभागको पछिल्लो तथ्यांक अनुसार २८ वटा भन्सार नाकाहरुबाट नै सामान आयात हुने गरेको छ । तर, निर्यात भने सबै नाकाहरुबाट हुने गरेको छैन ।
चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा २८ वटा भन्सार नाकामध्ये १८ वटा नाकाबाट मात्रै नेपालमा उत्पादन भएको सामान निर्यात भएको छ । १० वटा नाकाबाट कुनै पनि वस्तुत निर्यात नभएको विभाको तथ्यांकले देखाएको छ । नेपालका चोभार, गौतमबुद्ध विमानस्थल, जनकपुर, महेशपुर, राजविराज, सुनसरी, सुथौली, तातोपानी, टाँढी र त्रिवेणी नाकाबाट विदेशमा कुनै पनि सामान निर्यात नभएको विभागले सार्वज्निक गरेको तथ्यांकले देखाएको छ । सोही अवधिमा यी नाकाबाट आयात भने उच्च मात्रामा भएको विभागको तथ्यांकले देखाएको छ ।
नेपालको तर्फबाट कुनै पनि सामान निर्यात नभएका नाकाहरुमध्ये सबै भन्दा बढी वस्तु आयात हुने नाका भने तातोपानी नाका हो । यो नाकाबाट ४६ अर्ब ८९ करोड रुपैयाँ भनदा कढीको सामान आयात भएको छ । त्यस्तै निर्यात हुन नसकेका नाकाहरुमध्ये सुथौली नाकाबाट ४ अर्ब ५८ करोड, सुनसरी भन्सार कार्यालयबाट १ अर्ब ९६ करोड, चोभार भन्सार कार्यालयबाट १ अर्ब ५२ करोड र जनकपुर भन्सारबाट १ अर्ब ५१ करोड रुपैयाँको सामान आयात भएको छ ।
यो अवधिमा महेशपुर नाकाबाट ५२ करोड ६७ लाख रुपैयाँको वस्तु आयात भएको छ । त्यस्तै राजविराज नाकाबाट १९ करोड ६७ लाख, गौतमबुद्ध विमानस्थलबाट ७ करोड ९९ लाख रुपैयाँ, टाँढी भन्सारबाट २ करोड ४१ लाख र त्रिवेणी भन्सारबाट २ लाख रुपैयाँ बढीको सामान आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस