Like us!
Follow us!
Connect us!
Watch us!

मिर्गौलापीडित पत्रकारलाई आर्थिक सहयोग

आइतबार, १४ माघ २०७४, ११ : ३६ मा प्रकाशित

मिर्गौलापीडित पत्रकारलाई आर्थिक सहयोग

अर्थ संसार, भद्रपुर–  झापाको भद्रपुर नगरपालिकामा सञ्चालित ‘नागरिक एफएम’को सक्रियतामासंकलितरु एक लाख २१ हजार २३० मिर्गौलापीडित पत्रकार माया पकुवाललाई आज हस्तान्तरण गरिएको छ । 

झापाबाट प्रकाशन हुँदै आएको ‘वरुण’ साप्ताहिक पत्रिकाका प्रधानसम्पादक पकुवाल करिब तीन महिनादेखि दुबै मिर्गौला खराब भएर सिकिस्त रहेकाले विभिन्न संघसंस्था, समाजसेवी र वैदेशिक रोजगारमा रहेका युवाले सहयोग रकम जुटाइरहेका छन् । 

रकम हस्तान्तरण गर्दै एफएमका प्रबन्ध निर्देशक चिन्तामणि दाहालले पकुवालको शीघ्र स्वास्थ्यलाभको काम गर्नुभयो । पीडित पत्रकारको दुवै मिर्गौला प्रत्यारोपण गर्नुपर्ने बताइएको छ ।  रासस 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको