Like us!
Follow us!
Connect us!
Watch us!

बाफिया विधेयकलाई छिटो टुंग्याउन अर्थमन्त्रीको आग्रह

अर्थ संसार

शुक्रबार, २० असार २०८२, १७ : ०५ मा प्रकाशित

बाफिया विधेयकलाई छिटो टुंग्याउन अर्थमन्त्रीको आग्रह

अर्थमन्त्री विष्णु पौडेलले अर्थ समितिमा छलफलमा रहेको बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) विधेयकलाई छिटो निष्कर्षमा पुर्‍याउन आग्रह गरेका छन् । शुक्रवार अर्थसमिति बैठकमा बाफिया बारेको छलफलमा मन्त्री पौडेलले यस्तो आग्रह गरेका हुन् ।

छिटो गर्ने भन्दैमा छलफल नै नगरि पास गर्नु पर्छ भन्न खोजेको भने नरहेको भन्दै आवश्यक छलफल गरेर पास गर्नु पर्ने बताएका हुन् । अर्थ समितिलाई बाफिया विधेयकलाई अघि बढाउने सन्दर्भमा अर्थ मन्त्रालय र राष्ट्र बैंकमा काम कारबाहीको जेजस्तो सूचना चाहिन्छ त्यसका लागि सहयोग गर्न तयार रहेको मन्त्री पौडलको भनाइ थियो । 

‘यो बाफियासम्बन्धि विधेयकमा हामी जुन छलफल गरिरहेका छौं । यसमा छिटोभन्दा छिटो समिति निष्कर्षमा पुगोस् भन्ने मेरो आग्रह छ । त्यसका लागि संशोधनकर्ता र समितिले जरुर सहयोग गर्नुहुन्छ भन्नेमा मेरो विश्वास छ,’ उनले भने । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको