Like us!
Follow us!
Connect us!
Watch us!

नेपालको डिजिटल भुक्तानी एकदमै सुरक्षित छ -: डेपुटी गभर्नर मिश्र

अर्थ संसार

विहीबार, ०१ साउन २०८२, १६ : ०९ मा प्रकाशित

नेपालको डिजिटल भुक्तानी एकदमै सुरक्षित छ -: डेपुटी गभर्नर मिश्र

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले नेपालमा डिजिटल भुक्तानी प्रणाली अत्यन्तै सहज, सुरक्षित र देशव्यापी रूपमा विस्तार भएको बताएका छन्।

बिहीबार काठमाडौंको याक एन्ड यति होटलमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले डिजिटल भुक्तानी सेवा राजधानीमा मात्र सीमित नरही देशका दुर्गम भेगसम्म पनि सरल रूपमा विस्तार भइरहेको उल्लेख गरे।

‘खल्ती बाइ आइएमई’ सर्भिसको सफल भविष्यको शुभकामना दिँदै उनले भने, 'मर्जरपछि दुबै कम्पनीका कर्मचारीबीच अन्याय नहोस्, पछि आएर विवाद नबढोस् भन्ने कुरामा उच्च व्यवस्थापनले विशेष ध्यान दिनुपर्छ।'

उनले डिजिटल भुक्तानीलाई अझ प्रभावकारी बनाउन सरकार र राष्ट्र बैंकबीच सहकार्य भइरहेको जानकारी दिए। 'सरकारी सेवा र आवश्यक भुक्तानीहरू डिजिटल माध्यमबाट गर्न सकिने व्यवस्था गर्न राष्ट्र बैंकले गृहकार्य अघि बढाइरहेको छ,' मिश्रले बताए।

उनले व्यवसायिक नेतृत्वको सन्दर्भमा चन्द्र ढकालको नाम लिँदै प्रशंसा पनि गरे। 'चन्द्र ढकाल आफैंमा एक सक्षम नेतृत्व हुन्। उहाँले मर्जरका सही पक्षहरूलाई राष्ट्र बैंकको नीतिअनुसार अघि बढाउँदै आउनुभएको छ,'उनले उल्लेख गरे।कार्यक्रममा मिश्रले डिजिटल भुक्तानीको विश्वसनीयता र पहुँच विस्तारमा बैंक तथा वित्तीय संस्थाको भूमिकाको पनि प्रशंसा गरेका थिए।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको