Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति बैंकले प्राप्त गर्याे 'आईएसओ २७००१:२०२२' प्रमाणपत्र

अर्थ संसार

शुक्रबार, ०२ साउन २०८२, १२ : ४४ मा प्रकाशित

ज्योति बैंकले प्राप्त गर्याे 'आईएसओ २७००१:२०२२' प्रमाणपत्र

ज्योति विकास बैंकले सूचना सुरक्षा व्यवस्थापन प्रणालीमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त आईएसओ २७००१:२०२२ प्रमाणपत्र प्राप्त गरेको छ। यस उपलब्धिसँगै, नेपालमा यस सर्टिफिकेसन प्राप्त गर्ने पहिलो विकास बैंकको रूपमा ज्योति विकास बैंक अग्रणी बनेको छ।

उक्त प्रमाणपत्र अन्तर्राष्ट्रिय सर्टिफिकेसन संस्था इन्टरसर्टले प्रदान गरेको हो, जुन सूचना सुरक्षाको क्षेत्रमा एक प्रतिष्ठित मान्यता हो। बैंकका अनुसार, यस उपलब्धिले बैंकको समग्र सूचना सुरक्षा संरचना मजबुत, व्यवस्थित र अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुरक्षित रहेको पुष्टि गर्छ।

ज्योति विकास बैंकले मोबाइल बैंकिङ, कार्ड भुक्तानी, निक्षेप तथा कर्जा सेवा, आईटी, मानव संशाधन, डिजिटल बैंकिङ, सामान्य प्रशासन, अपरेशन र जोखिम व्यवस्थापन लगायतका सेवाहरूमा उच्च स्तरको सूचना सुरक्षा प्रणाली लागू गर्दै आएको छ। यिनै अभ्यासहरूका आधारमा बैंकले इन्टरसर्टको सर्टिफिकेसन प्राप्त गर्न सफल भएको हो।

आईएसओ २७००१:२०२२ प्रमाणपत्रले ग्राहकहरूलाई बैंकप्रति थप विश्वास र भरोसा दिलाउने अपेक्षा बैंकले गरेको छ। बैंकले आफ्नो सुरक्षात्मक प्रणाली, नीतिहरू र व्यवहारहरूलाई गहिरो परीक्षण र मूल्याङ्कन गराउँदै यो मान्यता प्राप्त गरेको हो। इन्टरसर्टले ज्योति विकास बैंकका सूचना सुरक्षा उपायहरूलाई प्राविधिक रूपमा सबल, आधुनिक र जोखिम न्यूनीकरणमा सक्षम भन्दै प्रमाणपत्र प्रदान गरेको हो।

सूचना सुरक्षा र साइबर जोखिमको क्षेत्रमा कुनै सम्झौता नगरी, नियामक निकायहरूको मापदण्ड पूर्ण रूपमा पालना गर्दै बैंकले आफ्ना सेवा प्रवाहलाई अघि बढाइरहेको छ। प्रविधिमैत्री र ग्राहक केन्द्रित सेवालाई प्राथमिकतामा राख्दै, बैंकले डिजिटल ट्रान्सफर्मेशन र नवीनतम प्रविधिको प्रयोगमार्फत नेपालको डिजिटल बैंकिङ क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।

यस सँगै, ज्योति विकास बैंकले सुदृढ र सुरक्षित डिजिटल बैंकिङ प्रणाली निर्माणमा निरन्तरता दिँदै गएको बैंकले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको