अर्थ संसार, काठमाडौं– प्रिमियर इन्सुरेन्सको एफपीओ बिहीबार (आज) बाँडफाँट भएको छ । गोलाप्रथाबाट बाँडफाँट गर्दा ६५ हजार ९५१ जना आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् ।
कुल १ लाख ८९ हजार ३२१ आवेदकमध्ये १ लाख ८६ हजार ४७५ जनाको आवेदन स्वीकृत भएको छ । कम्पनीले पुस १६ देखि १९ गतेसम्म फेस भ्यालु १०० रुपैयाँमा ६९९ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ७९९ रुपैयाँ दरमा ६ लाख ५९ हजार ५६५ कित्ता एफपीओ बिक्री गरेको थियो ।
यसको बिक्री प्रबन्धक एनएमबि क्यापिटल हो । प्रिमियरले ५२ करोड ६९ लाख ९२ हजार ४३५ रुपैयाँ बराबरको एफपीओ जारी गरेको हो । प्रिमियरले एफपीओ विक्रीका लागि नेपाल धितोपत्र बोर्डबाट मङ्सिर १८ गते स्वीकृति पाएको थियो ।
यस एफपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम ३ हजार २ सय ९० कित्ताको लागि आवेदन दिन पाउने व्यवस्था रहेको थियो ।
हाल रू. ४४ करोड ८५ लाख ३ हजार ८ सय चुक्तापूँजी रहेको प्रिमियरको एफपिओ बाँडफाँट पश्चात रू. ५१ करोड ४४ लाख ६० हजार ३ सय पुग्नेछ । हामी एफपिओ रिजल्ट पाउनसाथ राख्नेछौँ । त्यहाँबाट तपाईले हेर्न सक्नुहुनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस