पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–११ मा रहेको बगैंचा एडभेन्चर रिसोर्टमा आज बिहान अचानक आगलागी भएको छ। रिसोर्टको मुख्य हल र रिसेप्सन रहेको काठको भवनमा लागेको आगोले ठूलो क्षति पुर्याएको छ।
साढे पाँच सय जनासम्म अट्ने क्षमताको उक्त संरचनामा विद्युत सर्ट भएर आगो लागेको प्रारम्भिक अनुमान गरिएको छ।
घटना जानकारी पाएपछि कावासोती र भरतपुरबाट पुगेका दमकल, सुरक्षाकर्मी र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको छ। यद्यपि, क्षतिको यथार्थ विवरण संकलन गर्ने कार्य जारी छ।
डेढ वर्षअघि मात्र सञ्चालनमा आएको यस रिसोर्टमा काठ प्रयोग गरेर भिल्ला, काइट हाउस र कार्ट हाउस निर्माण गरिएको थियो, जसले आगलागीको जोखिम झनै बढाएको देखिन्छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस