Like us!
Follow us!
Connect us!
Watch us!

घाटाबाट नाफामा फर्कियो हिमालयन लघुवित्त, लाभांश क्षमता करिब २० प्रतिशत

अर्थ संसार

बुधबार, १४ साउन २०८२, १३ : ३३ मा प्रकाशित

घाटाबाट नाफामा फर्कियो हिमालयन लघुवित्त, लाभांश क्षमता करिब २० प्रतिशत

हिमालयन लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।

नाफा

वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा २० लाख ७ हजार रुपैयाँ घाटामा रहेको हिमालयन लघुवित्तले  गत आर्थिक वर्ष २०८१/८२ मा उल्लेख्य सुधार गर्दै ९ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ।

प्रतिसेयर आम्दानी (EPS)
नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानीमा समेत उल्लेखनीय सुधार आएको छ। अघिल्लो वर्ष ऋणात्मक ०.६३ रुपैयाँ रहेको ईपीएस यो वर्ष २८.७० रुपैयाँमा पुगेको छ।

खुद ब्याज आम्दानी
कम्पनीको ब्याज आम्दानी अघिल्लो वर्ष २२ करोड २७ लाख रुपैयाँ रहेकोमा यस वर्ष ५८.५० प्रतिशतले बढेर ३५ करोड ३० लाख रुपैयाँ पुगेको छ।

सञ्चालन नाफा
गत वर्ष ३५ लाख रुपैयाँ घाटामा रहेको सञ्चालन नाफा यस वर्ष १३ करोड रुपैयाँ नाघ्दै १३ करोड ११ रुपैयाँमा पुगेको छ।

चुक्ता पूँजी / रिजर्भ / वितरणयोग्य मुनाफा
समीक्षा अवधिमा संस्थाको चुक्ता पूँजी ३१ करोड ९८ लाख रुपैयाँ पुगेको छ। रिजर्भ ११ करोड ९२ लाख रुपैयाँमा पुगेको छ भने रिटेन्ड अर्निङ ६ करोड ३१ लाख रुपैयाँ रहेको छ, जुन अघिल्लो वर्ष ऋणात्मक थियो। वितरणयोग्य मुनाफाका आधारमा कम्पनीको लाभांश क्षमता १९.७६ प्रतिशत रहेको छ।

कर्जा लगानी / सापटी व्यवस्था
संस्थाले ३ अर्ब ८२ करोड रुपैयाँ सापटी लिएर ४ अर्ब ९२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष यो क्रमशः २ अर्ब ६० करोड र ३ अर्ब ७४ करोड रुपैयाँ थियो।

खराब कर्जा (NPL) / प्रतिसेयर नेटवर्थ
समीक्षा वर्षमा कम्पनीको खराब कर्जा अनुपात ३.४९ प्रतिशतबाट बढेर ५.३३ प्रतिशतमा पुगेको छ। प्रतिसेयर नेटवर्थ भने १४८.१६ रुपैयाँमा कायम छ। पीई रेसियो ३५.३८ गुणा रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको