Like us!
Follow us!
Connect us!
Watch us!

साउन १५ : खीर खाने दिन – स्वाद, स्वास्थ्य र संस्कारको संगम

अर्थ संसार

बुधबार, १४ साउन २०८२, १५ : ३८ मा प्रकाशित

साउन १५ : खीर खाने दिन – स्वाद, स्वास्थ्य र संस्कारको संगम

साउन १५ नेपालको मौलिक संस्कृति, परम्परा र जीवनशैलीसँग गहिरो सम्बन्ध बोकेको दिन हो । यो दिनलाई हामी “खीर खाने दिन” भनेर विशेष रूपमा मनाउँछौं। यस दिन बिहानैदेखि घर–घरमा दूध, चामल, चिनी, घिउ र मेवा मिसाएर मीठो खीर पकाउने र परिवारका सबै सदस्य, छिमेकी तथा आफन्तसँग बाँडेर खाने चलन रहिआएको छ। हाम्रो देशमा यस्ता धेरै चाड पर्व रहेका छन् ।

हाम्रा पुर्खाले सन्तुलन आहार व्यवस्थापन होस् भने सबै उत्पादन खाने गरि चाड पर्वको शुरूवात गरेको पाइन्छ । दशैंमा मासु चिउरा, तिहारमा सेलरोटी, मंसिरमा दही चामल, माघ १ मा घ्यु चाकु, असार १५ दही चिउरा, साउन १ मा खित्रो खाने चलन छ । यी सबै चाड पर्वले वारिवारिक एकता, मिलन, सन्तुलन आहार सबै कुरालाई मिलाएको देखिन्छ । तर पछिल्लो सामय यी सबै कुरा भुलेर हामी आगान्तुक पर्व मनाउन लगेयौं र हाम्रो मौलिक परम्परा सबै बिर्सियौं । यसले हामी नेपाली हौं भन्ने पहिचान नै हराउन जान्छ । यसलाई हामीले बचाई हाम्रा भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्छ ।

साउन १५  दिन किन मनाइन्छ ?

१. किसानहरु असार र साउनको आधाउधी हिलो पानीमा काम गरी धान रोपाइँमा ब्यस्त हुने हुँदा रोपाइँपछिको विश्राम लिनका लागि यो साउन १५ मनाइएको हो । असार महिनाभर किसानहरू पानी, माटो र कडा मेहनतमा डुबेका हुन्छन्।
साउन १५ का दिन भने खेतबारीको काम केही थामिएपछि परिवारसँग बस्ने, मीठो मसिनो गरम मसला सहितको खीर खाने र खुसी मनाउने अवसरको रुपमा मानिन्छ।

२. एकता र मेलमिलापको दिन

यो दिन केवल परिकारको लागि मात्र होइन, टाढा रहेका परिवारजन, आफन्त र छिमेकी भेट्ने, प्रेम र सद्भाव बाँड्ने, एक आपसमा सुख, दुःखका कुरा साटासाट गर्ने अवसर पनि हो।

३. समृद्धि र शुभ कार्यको प्रतीक

दूध र चामल दुवैलाई शुभ मानिन्छ। यसैले यो दिन खीर खाँदा घरमा शान्ति र समृद्धि आउने विश्वास गरिन्छ। पकाएको अरु प्रायः सबै कुरा बिटुलो मानिन्छ । तर चामल हलेर पाकाउँदा पनि खीरलाई भने धार्मिक र सांस्कृतिक महत्वका साथ हिन्दू धर्मशास्त्रका अनुसार दूध र चामल “सात्त्विक” (शुद्ध) अन्न हुन् । खीरलाई भगवानलाई प्रसादका रूपमा अर्पण गर्ने प्रथा छ । यस दिन पशुपतिनाथ, स्वयम्भू, मनकामना आदि मन्दिरहरूमा विशेष पूजा गरी खीर अर्पण गर्ने चलन छ।

हाम्रो देश नेपाल बहु भाषा, जातजाति, संस्कृती, धर्म भएको देश हो । यहाँ  फरक–फरक जाति र समुदायले आफ्नै ढंगले हरेक संस्कार, पर्व, परम्परालाई जगेर्ना गर्दै आएका छन्। यहि नै हाम्रो देशको सुन्दर पक्ष हो ।  खीर सेवनका स्वास्थ्य लाभ धेरै छन । पोषणको खानी – दूध र चामलबाट प्रोटिन, क्याल्सियम, कार्बोहाइड्रेट, भिटामिन बी–कम्प्लेक्स प्राप्त हुन्छ । हड्डी बलियो बनाउँछ – क्याल्सियम र भिटामिन डीको कारण हड्डी र दाँत मजबुत हुन्छन्। सहज पाचन हुने हुँदा खीर सजिलै पच्ने, तातो–तातो खाँदा पेटलाई आराम दिने परिकार हो। यसमा पकाउँदा सबै किसिमका गरमा मसला राखेको हुँदा रोग प्रतिरोधात्मक क्षमता बढाउने – दूधमा पाइने प्राकृतिक तत्वले शरीरलाई शक्तिशाली र रोगसँग लड्ने क्षमता दिन्छ। खीर खाँदा मानसिक शान्ति र खुसी, परिवारसँग सँगै बसेर खीर खाने वातावरणले मानसिक तनाव घटाउँछ र आपसी प्रेम बढाउँछ।

आजको समाजमा खीर खाने चलनको राम्रो सन्देश दिन आवश्यक छ । आधुनिक व्यस्तताबीच हामीलाई हाम्रो संस्कार, परम्परा र चाडपर्वले हरेक कुराको सम्झना दिलाउने गर्दछ । परिवारसँग समय बिताउने, बुबाआमा र पूर्खाप्रति सम्मान गर्ने, सहकार्य र साझेदारीको भावना बलियो बनाउने अवसर हो। चाडपर्व शुरु हुनु अघि, भाद्र–असोजतिरको मौसममा यो दिनलाई सामाजिक एकताको सेतु मानिन्छ।

साउन १५ को खीर खाने दिन केवल खानपिनको कुरा होइन, यो हाम्रो मौलिकता, संस्कार, सहकार्य र परिवारिक प्रेमको उत्सव हो। साउन १५ को खीर खाने दिन हाम्रो जीवनशैली र संस्कारसँग जोडिएको अनुपम उत्सव हो । यस दिन खीर खाऔं, परम्परा जोगाऔं। स्वास्थ्य र परिवारिक प्रेमलाई प्राथमिकता दिऔं ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको