Like us!
Follow us!
Connect us!
Watch us!

सात करोडको लगानीमा दरबारमार्ग प्रहरी वृत्त निर्माण

विहीबार, १८ माघ २०७४, १४ : ५७ मा प्रकाशित

सात करोडको लगानीमा दरबारमार्ग प्रहरी वृत्त निर्माण

अर्थ संसार, काठमाडौंँ– दरबारमार्गस्थित महानगरीय प्रहरी वृत्तको भवन रु सात करोड एक लाख १७ हजारको लागतमा निर्माण गरिएको छ ।

विसं २०७० बोलपत्र आह्वान गरी निर्माण शुरु गरिएको छ तले भवन तीन वर्षमा निर्माण गरिएको हो । उक्त भवनमा महिलामैत्री ब्यारेक र आवास समेतको व्यवस्था छ ।

कार्यालय तथा ब्यारेक भवन आज शुभारम्भ गर्दै प्रहरी महानिरीक्षक प्रकाश अर्यालले नयाँ भवन निर्माणबाट प्रहरीलाई गुणस्तरीय सेवा प्रदान गर्न ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । “मुलुकको विकासमा शान्ति सुरक्षाको महत्वपूर्ण भूमिका रहेको हुन्छ, सुरक्षा योजनाअनुसार उपलब्ध स्रोत र साधन अधिकतम प्रयोग गरी सुरक्षा प्रदान गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

इमान्दारीपूर्वक काम नगर्ने प्रहरीलाई कारबाही गरिनेमा जोड दिंदै जानकारी दिंदै उहाँले भन्नुुभयो, “माथिल्लो एकाइले तल्लो एकाइले गरेका कामलाई बेलाबेलामा अनुगमन गर्नुपर्छ ।”
प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले काठमाडौँको मुटु दरबारमार्गमा ढिलै भए पनि राम्रो प्रहरी भवन निर्माण भएको उल्लेख गर्दै कार्यक्षेत्र राम्रो भएको खण्डमा काम गर्न इच्छाशक्ति बढेर जान्छ भन्नुभयो ।

रानीपोखरी महानगरीय प्रहरी कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक जयबहादुर चन्दले अभावका बाबजुद पनि उपत्यका प्रहरीले इमान्दारीसाथ आफ्नो कार्यसम्पादन गरेको बताउनुभयो । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको