माछापुच्छ्रे क्यापिटलले गत आर्थिक वर्षको नाफाबाट नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।
साउन ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बराबर १ करोड ४३ लाख १६ हजार ९७५ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
लाभांश प्रस्ताव पारित गर्न कम्पनीले भदौ ६ गते काठमाडौं, बालुवाटारमा छैठौं वार्षिक साधारणसभा दिउँसो १२:३० बजे बोलाएको छ। सभामा २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित असार मसान्तसम्मको वित्तीय विवरण पारित गरिनेछ।
साथै, चालु आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गरिनेछ। त्यस्तै, संस्थापक समूहका सेयरधनीतर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको निर्वाचन समेत एजेन्डामा समावेश गरिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस