भौतिक पुर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दहालले सडक निर्माण र विस्तारसंगै सडक सुरक्षा चुनौती बनी रहेको बताएका छन् । आइतबार ललितपुरमा नेपाल अटोमोबाइल एसोसिएसन नेपाल (नासा)ले आयोजना गरेको अटोमोबाइल तथा मोबिलिटी पोलिसी बारेको २ दिने कार्यक्रमको समापन समारोहमा उनले सडक संजाल बिस्तारको क्रममा सडक सुरक्षाको विषयलाई अनिवार्य समेटिने गरेको बताएका हुन् ।
नेपालको भौगोलिक तथा धरातलिय विशिस्टताका कारण पनि सडक सुरक्षाको विसयमा सम्झौता गर्न नहुने मन्त्री दहालले बताए । सडक सुरक्षालाई कानुनी रुपमा स्थापित गर्न सडक सुरक्षा ऐन बनाउने काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । कार्यक्रममा मोरङका शेखरचन्द्र राइलाई सडक सुरक्षा अवार्ड प्रदान गरिएको थियो ।
दुई दिनको कार्यक्रमको अवधिमा विभिन्न कार्यपत्रहरु माथी छलफल भएको आयोजक सस्थाका कार्यकारी निर्देशक गोविन्द भट्टराईले जानकारी दिए । सोही कार्यक्रममा मन्त्री दहालले नेपालमा विद्युतीय सवारीको बारेमा शुरु हुने अनुसन्धानको शुभारम्भ पनि गरे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस