थारु आयोगकी सदस्य शान्ति मोदीले कार्यवाहक अध्यक्ष सुबोधसिंह थारुलाई कार्यकक्षमै थुनेकी छन् । सिंह कार्यकक्षमा रहेका बेला मोदीले बाहिरबाट तालाबन्दी गरेकी हुन् ।
आयोगमा मोदीको बिदालाई लिएर विवाद देखिएको थियो । उनी एक महिनादेखि सम्पर्कविहीन रहेको कार्यवाहक अध्यक्ष सुबोधसिंह थारुले यसअघि बताएका थिए । मोदीले गत असार १३ गते आफ्नो चालकलाई पत्र पठाएर एक साताका लागि बिदा बसेको जानकारी गराएकी थिइन् । तर एक महिना बढी भइसक्दा पनि मोदीसँग सम्पर्क हुन नसकेको थारुको भनाई थियो ।
तालाबन्दी गरेकी मोदीले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘अहिले खोलिदिएको हो, निस्केपछि फेरि लगाउँछु ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस