Like us!
Follow us!
Connect us!
Watch us!

मोबिलिटी क्षेत्रलाई व्यवस्थित बनाउन सरकारले निरन्तर काम गरिरहेको छ - अर्थमन्त्री पौडेल

अर्थ संसार

बुधबार, २१ साउन २०८२, ११ : ०१ मा प्रकाशित

मोबिलिटी क्षेत्रलाई व्यवस्थित बनाउन सरकारले निरन्तर काम गरिरहेको छ - अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले मोबिलिटी क्षेत्रमा थप व्यवस्थित विकास गर्न सरकारले निरन्तर काम गरिरहेको बताएका छन्। नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा) ले आयोजना गरेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ उद्घाटन समारोहमा अर्थमन्त्री पौडेलले यो जानकारी दिएका हुन्।

उनले भने, सरकारले सडक निर्माण गर्दा गुणस्तरमा विशेष ध्यान दिइरहेको छ र चालु आर्थिक वर्षको बजेटमा समेत सडकको गुणस्तर सुनिश्चित गर्ने प्रावधान राखिएको छ। अर्थमन्त्रीले नाइमाले स्थापना भएको पहिलो वर्षमै अटो शो गरेर आफ्नो औचित्य प्रमाणित गरेको पनि उल्लेख गरे।

उनले सडक पूर्वाधार सरकारको उच्च प्राथमिकता रहेको विषय भएकाले यसमा थप लगानी र सुधार जारी रहने बताए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको