हिजो (बुधबार) देखि काठमाडौंको भृकुटिमण्डपमा नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएशन (नाइमा) को आयोजनामा पहिलो नाइमा अटो शो २०२५ भइरहेको छ । अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) बाट विभाजन भएर बनेको संस्थाले आयोजना गरेको पहिलो अटो शोमा अवलोकनकर्ताको भने निकै कम उपस्थिति देखियो ।
अर्थसंसारको टिम शोको दोस्रो दिन बिहीबार प्रदर्शनी स्थलमा पुग्दा त्यहाँ ग्राहक पर्खिएर बसिरहेका विभिन्न बान्डले राखेका स्टलका कर्मचारीहरु मात्रै भेटिन्थे । ग्राहक आएर उनीहरुसँग सवारी साधानको फिचरका विषयमा जानकारी लिने भन्दा पनि कर्मचारीहरु टिकटक र फोटो खिच्ने काम गरिरहेका थिए । हरेक स्टकलमा सवारी साधनका स्टलमा मोडलहरु राखिएको छ । उनीहरु पनि आफ्नो सेल फान चलाएर बसिरहेका थिए । निकै तामझाम गरे पनि नयाँ प्रदर्शनी स्थलमा खासै उत्साह भने देखिएन् । केही मात्रामा गएका अवलोकनकर्ताहरु पनि गाडिसँग भिडियो र फोट खिन्चमा व्यक्त देखिन्थ्ये । त्यहाँ आउनेहरु सवारीको विशेषताभन्दा पनि आफ्नो सोख पुरा गरिरहेका देख्न सकिन्थ्यो ।
आयोजकले नयाँ पन ल्याउने गरि खासै कार्यक्रमहरु पनि नराखिएकाले यो शो मा सोचेजस्तो दर्शकको सहभागिता भने देखिएनन् । व्यवस्थापन पनि निकै कमजोर रहेको पाइयो । कुनै विषयमा जानकारी लिन पर्दा पनि त्यहाँ जानकारी गराउने व्यक्तिको उपस्थिति पनि निकै कम पाइयो ।
सवारी साधानका विषयमा जानकारी लिन खोजियो भने सावरीको नजिक बसेका व्यक्तिले अर्को व्यक्तिलाई खोजेर ल्याउनु पर्ने अवस्था देखिन्थ्यो । स्टलमा आएको ग्राहकले सोधेको कुरा पाएन भने अर्को व्यक्तिलाई कुरेर बस्ने समय अहिले कहाँ छ र ? त्यसका लागि आवश्यक जानकारी भएका व्यक्तिहरु नै स्टलमा बसेको भए सहज जानकारी लिन सकिने थियो । अहिले प्रविधिको युग हो । आम रुपमा त्यहाँ जाने दर्शकहरुले प्रविधिको प्रयोग गरेको पनि हेर्न चाहान्छन् । तर त्यहाँ नयाँ प्रविधिको प्रयोग खासै केही पनि देखिदैन् ।
पुरानै कम्पनीका पुरानै गाडि । जुन यस अघि नै कम्पनीहरुले सार्वजनिक गरिसकेका छन् । तिनै गाडि प्रदर्शनीमा राखिएको छ । नाडाबाट विभाजन भएको औचित्य पुष्टि गर्नका लागि पनि यो प्रदर्शनीमा केही नयाँ अभुनव गर्न पाइएला भन्ने अपेक्षा गरेका ग्राहकहरुमा त्यहाँ पुगिसके पछि भने निराशा मात्रै थपिएको देखिन्थ्यो । नाइमाले यो मेलामा ३५ वटा नयाँ मोडलका सवारी लन्च गर्ने भनिएको थियो । तर तीमध्ये धेरै मोडलका गाडि कम्पनीहरुले यस अघि नै गरिसकेका छन् । मेलाको शैली पुरानो र पारम्परिक मोडालिटीमै सीमित देखिन्छ । मेलामा नयाँ प्रविधि र डिजिटल प्रस्तुति वा अनुभव दिने कुनै कुराहरु देखिदैनन् । अटो मोबाइल क्षेत्रको कुम्ब मेलाका रुपमा हेरिएको यो प्रदर्शनीमा देखिएको न्यून उपस्थितिले आयोजकमा थप चुनौति थपिएको छ । यस्ता विषयमा आयोजकले आगामी दिनमा थप मेहनत गरेर आफूलाई सुधार गर्नु पर्ने आवश्यकता देखिन्छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस