Like us!
Follow us!
Connect us!
Watch us!

बजार निरंतर घटेपछि धितोपत्र बोर्डले लियो चासो, हतोत्साहित नभई लगानी गर्न आग्रह

सोमबार, २० मंसिर २०७३, १९ : ५० मा प्रकाशित

बजार निरंतर घटेपछि धितोपत्र बोर्डले लियो चासो,
हतोत्साहित नभई लगानी गर्न आग्रह

अर्थ संसार
काठमाडौं–सेयर बजार निरंतर ओरालो लागेपछि नेपाल धितोपत्र बोर्डले सोमबार साँझ लगानीकर्ताहरुलाई हतोत्साहित नहुन आग्रह गरेको छ । उसले बजारको अवस्थाले हतोत्साहित हुन पर्ने नदेखिएको भन्दै हल्लाको पछि नलागी सुझबुझ तवरले लगानी सम्बन्धी निर्णय लिन आग्रह गरेको छ ।
बोर्डले लगानीकर्ताहरुलाई धितोपत्र खरिद विक्री सम्बन्धी निर्णय गर्दा सम्बन्धित क्षेत्र, उद्योग तथा कम्पनीहरुको आधारभूत तथा प्राविधिक पक्षको जानकारी लिन सचेत गराएको छ ।
धितोपत्र बजारको हालको स्थितिलाई सूक्ष्म रुपले हेरिरहेको बताउँदै
बोर्डले केही समय यता बोर्डले स्टक मार्केटको विकास तथा सुधारका लागि विभिन्न कार्यहरु अगाडि बढाईरहेको सम्झाएको छ । वास्तविक क्षेत्रका संगठित संस्थाहरुले जारी पूँजीको १० प्रतिशत सार्वजनिक निष्काशन गर्न सक्ने, निश्चित मूल्य को सट्टा स्वतन्त्र मूल्यमा निष्काशन गर्न सकिने, आइएफसी, एडिबी जस्ता अन्तराष्ट्रिय वित्तिय संस्थाहरुले स्थानीय मुद्रामा ऋणपत्र जारी गर्न सक्ने व्यवस्था भएको धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ लागू भइसकेको बोर्डले सम्झाएको छ । यसले वास्तविक क्षेत्रका संगठित संस्थाहरुको बजारमा प्रवेश सहजिकरण भई दोस्रो बजार व्यापक हुने बोर्डले  विश्वास ब्यक्त गरेको छ । 
सार्वजनिक निष्काशन प्रकृयालाई थप सरल, व्यवस्थित, पारदर्शि तथा छिटो छरितो बनाई सार्वजनिक निष्काशन लागतलाई समेत न्यून गर्न बोर्डले आगामी माघदेखि आस्बा प्रणाली लागू गर्ने निर्णय गरेको छ । यो प्रणाली लागू भएपश्चात धितोपत्रको प्राथमिक बजारमा संरचनात्मक परिवर्तन हुने अपेक्षा बोर्डको छ ।
बोर्डले बजार सुधार कार्यक्रम अन्तर्गत गत माघदेखी पूर्ण अभौतिकिकरण गरी पूर्णस्वचालित धितोपत्र कारोवार, बजारको गहिराई (मार्केट डेप्थ) हेर्न सक्ने, धितोपत्र दलाल व्यवसायीको शुल्कलाई उल्लेख्य रुपमा घटाइएको, हकप्रद तथा बोनश सेयर सिधै आफ्नो डिम्याट खातामा जम्मा हुने व्यवस्था गरी लगानीकर्ताहरुलाई कारोवार गर्न सहजिकरण गर्दै आइरहेको छ । बोर्र्डले नेप्सेलाई क्लियरिङ्ग बैंक थप्न तथा काठमाडौं उपत्यकाबाहिर दलाल व्यवसायीहरुको शाखा विस्तार गर्न वा दलाल व्यवसायी थप गरी क्षमता विस्तार गर्न पुनः निर्देशन दिएको छ । यसरी बजार सुधार गर्दे लगिएको, समग्र अर्थतन्त्रका परिसूचकहरु सकारात्मक रहेको र धेरै जसो सूचिकृत संगठित संस्थाहरुको कार्य सम्पादनको स्थिति सन्तोषजनक रहेकोले लगानीकर्ताहरु बजारको अवस्थाप्रति हतोत्साहित हुने अवस्था नदेखिएको बोर्डले जनाएको छ । 
केही दिन यता बजार लगातार ओरालो लागिरहेको छ । बजार सोमबार पनि  २६.३५ अंकले आरालो लागेर १५४४ अंकमा बन्द भएको थियो । कारोबार रकमसमेत घटेर ६४ करोड ८२ लाख रुपैयाँमा सीमित भएको थियो ।
बजार निरंतर घटेपछि नियामक निकायलाई आवश्यक कदम चाल्न लगानीकर्ताले दवाव दिँदै आएका थिए । नेप्सेले विज्ञप्ति निकालेर लगानीकर्तालाई ढाडस दिएको हो । 
 

58457aeba2983.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको